News Portal

नाेवेेेल अस्पतालका डा.शर्माले गरे बिरामीको ५ लाख ४० हजार उपचार खर्चको छुट

हिमाली संचार संवाददाता
६२८ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा ३५ बर्ष देखि वसाेवास गर्दै अाईरहेका गाेनाेधर सरकारका भाई बादल सरकार कार्तिक १६ गते भारत फार्विगन्ज ससुराली जाने क्रममा माेटरसाईकलले ठक्कर दिई घाईते भएपछि उनलाई दाजु गाेनाेघरले उपचारका लागि नाेवेल अस्पतालमा पुर्‍याएका थिए ।

उपचार राम्रो भएपछि अहिलेे अस्पतालले बिरामीलाई डिस्चार्ज गर्नुपर्छ अब राम्रो सुधार भयो भनेपछि उपचारमा लागेकाेे ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्ने रकम नभएपछि उनकाे घरकाे अार्थिक स्थिति बुझ्नका लागि नाेवेल अस्पतालका संन्चार अधिकृत रबिन कट्टेल, नेपाली काङ्ग्रेसका माेदराज घिमिरे, डिक बहादुर लिम्बू, मदन संङग्राेला, वसन्त भट्टराई, स्थानीय जगर्नाथ मंन्डल, प्रमाेद चक्रवति, मचिन्द्र कटुवाल, जगर्नाथ साह लगायतले घरकाे अार्थिक अवस्था वुझेपछि नाेवेल संन्चालक डाक्टर सुनिल शर्मालाई सबै रकम छुट गराउन अाग्रह गरेपछी शर्माले सबै रकम समेत छुट गरिदिएका छन। डाक्टर शर्माले धेरै जसाे गरिव तथा अति विपन्न घरपरिवारलाई निशुल्क उपचार समेत गराउदै अाईरहेका छन ।

बिगत १५ बर्ष अगाडि देखि रंगेली ७ स्थित तित्रि टाेल नजिकै मासिक ५ हजार रुपैयाँ घर भाडा तिरेर साेहि घरमा बिष्कुट फ्याक्ट्री संन्चालन गरेर अाफ्नाे घर खर्च र परिवार जसाेतसाे पालनपोषण गरिरहेता पनि अहिले भाइकाे उपचारकाे सबै रकम छुट भएता पनि नाेवेल अस्पतालमा रहेको फर्मेसिमा भने १ लाख ६८ हजार रुपैयाँ तिर्न भने बाँकी रहेको र दुई महिना भित्र साे रकम तिर्ने सहमति समेत भएको गाेनाेधरले बताए । तर उनले भने मेराे अार्थिक अवस्था अत्यन्तै नाजुक छ म कसरी तिर्नु त्यति ठुलाे रकम भन्दै चिन्तित अवस्थामा रहेका छन ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...