News Portal

लघुकथा – सोच

तपिकुमार सिंह ठकुरी
१६१९ पटक

कुनै एउटा जंगलमा एक जना महान योगी रहन्थे। उनि भगवान शिव का महान भक्त थिए। सोहि जंगलको छेउमा एउटा गाउँ थियो, त्यो गाउँमा एक जना वेस्या पनि रहने गर्थि। रुपमा सार्है सुन्दर थिई यस्तो कि ध्यानमा रहेका ऋषिमुनिहरु पनि ध्यान भंग गरेर हेर्न थाल्थे।

उक्त योगीले त्यो वेस्यालाइ देखेर हैरान थे। मनमा पाप अाँटेर अनेकौ जुक्ति जुटाउन थाले। यति सम्मकी उनि वेश्याको कामुकवासनामा पागलै थिए। हरेक क्षेत्रमा ध्यान गर्दा, खाँदा, सुत्दा, नुहाउँदा हरेक क्षेत्रमा तेहि वेश्याको जवानीको प्यासको भोगी बनि सकेका थिए। एकदिन त्यो वेश्यासँग कामवासनाको भोग सान्त पारे। यसै क्रममा उनी त्यो वेश्याको अासिकि नै बने।

उता वेश्या भने भगवान सँग मन्दिरको टाढैबाट सधै हात जोडेर भन्थि – ‘हे भगवान ! म यो जन्ममा त जुठि भए तिम्रो नजिकै भएर तिमीलाई धुप, दिप प्रज्वलन गरेर तिम्रो प्रसाद ग्रहण गर्न त मिलेन मलाई अर्को जन्ममा चोख्खि बनाउनु तिम्रो सेवा गरेर म तिम्रै नाममा जोबान अर्पने छु ‘ भनेर सधैभरि भगवानसँग बिन्ति चढाउथि र टाढैबाट मन्दिरमा बालेको धुप सुघेर अानन्द मोघ्द हुन्थे।

यसरी उनिहरुको समय यसरी नै बित्दै गए । संयोगले दुबैको मृत्यु हरण पनि एकै दिन यमराजले दुत पठाए र दुबैलाई कालले समातेर स्वर्गको द्वारबाट भने – ‘ऋषिराज यमराजको फैसला हो तपाइलाई नर्कमा र वेश्यालाइ स्वर्गमा लिएर अाउने अादेस छ’ योगिलाइ अाश्चार्य लाग्यो र यमराजसँग रिस उठ्यो अनि काललाई भने – किन यस्तो यमराजले कतै भुल त गरेनन् म योगि नर्क र उ एउटा वेश्या स्वर्ग… यो हुनै सक्दैन। म नर्क जान्न भनेपछी यमराजका दुत अरुले स्वयम् यमराजलाई द्वारमा उपस्थित गराए ।

योगीले यमराजलाई गुनासो ब्यक्त गरे – प्रभु ! किन यस्तो निर्णय…म त एउटा शिव भक्त उ एउटा वेश्या कतै हजुरको फैसलामा चुक त भैन…? यमराजले सम्झाउदै – मुनिबर ! हो तपाई योगी हुनुहुन्छ र उ एउटा वेश्या हो तर तपाइको पुरा जिन्दगी तेहि वेश्याको अयास्सि र उस्को कामुक कमावाशनामा बित्यो… उ एउटा वेश्या भएपनि उस्ले सारा जिन्दगी भगवानको भक्तिभावमा बिताइ। हामिले जो ले जे कर्म गरेको छ उहि निर्णयको भाग दिने हो। योगि चुपचाप लागे वेश्यालाइ स्वर्गको द्वारबाट भित्र लिए योगिलाइ नरकको द्वारबाट भित्र धकेलियो ।

(सिंह “मेरो माया कता छ कुन्नी” झ्याउरे गीतका लेखक समेत हुन।)

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...