News Portal

सरकारले पत्रकारलाई कानुनी रुपमै समाचार सम्प्रेषण गर्दा डराउनुपर्ने अवस्था सिर्जना गर्‍यो : अजयबाबु शिवाकोटी

हिमाली संचार संवाददाता
७४९ पटक

काठमाडौं : अजयबाबु शिवाकोटी पत्रकारका रुपमा परिचित व्यक्तित्व हुन् । उनको संलग्नता हाम्रोकुरा डटकमसँग पनि रहेको छ । प्रेस युनियनको महाधिवेशनको चर्चा चलिरहेको बेलामा आगामी मधाधिवेशनमा अध्यक्षको दाबेदारको रुपमा समेत चर्चामा रहेका शिवाकोटीको नेपाली प्रेस जगतलाई हेर्ने दृष्टिकोण कस्तो छ त ? यसका उपलब्धिहरु के के हुन् ? के के कमजोरी छन् यस क्षेत्रका ?

बिशेषत: दुई तिहाई बहुमतको सरकारले समग्र नेपाली प्रेस जगतलाई कुन दृष्टिले हेरिरहेको छ ? केकस्तो व्यवहार गरिरहेको छ ? भन्ने विषयको सेरोफेरोमा रहेर स्वदेश नेपाल डटकमसँगको कुराकानीमा उनी के भन्छन त ?

दुई तिहाई बहुमतको सरकार आइसकेपछि जति पनि हामी पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकारहरु छौं , ती पत्रकार साथीहरुलाई हेर्ने होभने सरकारले  साइबर क्राइमको नाममा प्रहरीले पक्राउ गर्ने त्यसमा पनि प्रहरीले भदौ अगाडी र पछाडी पक्राउ गर्ने ट्रेन्ड हेर्यौं भने पनि प्रहरीले नियन्त्रणमा लिने र लिईसकेपछि प्रेस काउन्सिल जसले यी केस हेर्छ – पत्रकार महासंघ, प्रेस युनियनले दवाब दिईसकेपछि प्रेस काउन्सिलले केस हेर्ने चलन थियो।

तर अहिले के गर्न थालियो भने डाइरेक्ट  कसैलाई आफ्नो संस्थाको बारेमा लेखिएको वा आफ्नो बारेमा लेखिएको समाचार आउने बित्तिकै ती विषयहरुलाई ती विषय तुरुन्तै अदालत जाने र अदालतबाट पक्राउ आदेश जारी गर्ने र प्रहरीले थपक्क पक्राउ गर्ने प्रचलन  भयो।  त्यसपछि कम्तिमा २०/२५ दिन सजिलै हिरासतमा राख्ने अभ्यासको विकास भएको छ।

यो पनि पढनुहोस।

पत्रकारको सम्मानजनक पहिचानका लागि अध्यक्षमा दाबी : महासचिव सिवाकोटी 

पत्रकारिता र सरकारको नङ र मासुको अन्योन्याश्रित  सम्बन्ध हुन्छ। किनकि एउटा समाचारको श्रोत हुन्छ भने अर्कोले समाचार सम्प्रेषण गर्छ। तर यो दुई तिहाईको सरकार आइसकेपछि के भएको छ भने क्याबिनेटको निर्णय जनताले तुरुन्तै थाहा पाउने अवस्था हुन्थ्यो भने आज त्यही समाचार थाहा पाउन एक हप्ता कुर्नु पर्छ। समाचार सम्प्रेषण गर्ने कुरामा पनि सरकारले कन्ज्युस्याई गरिरहेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता  कुण्ठित हुने काम हुनु हुँदैन भनेर पनि हामीले संस्थागत रुपमा पहल गरिरहेका छौं । तर अहिलेको अवस्थामा कानुनी रुपले नै पत्रकारहरुलाई समाचार कसरी सम्प्रेषण गर्ने भनेर डरको अवस्था सिर्जना गरिएको छ । त्यसैले समाचार सम्प्रेषण गर्नु अघि दश पटक सोंचेर सेल्फ सेन्सर गर्नु पर्ने अवस्था आएको छ ।

कुनै पत्रकारले समाचार त सम्प्रेषण गर्ला तर त्यसबाट उत्पन्न हुने परिणाम के हुने हो भनेर सोच्नुपर्ने हुन्छ। पत्रकारिता जगत पनि समृद्ध हुँदै गएपछि मात्र देशका अन्य अंग वा क्षेत्र पनि क्रमिक रुपमा समृद्ध हुँदै गएको रहेछ भनेर आकलन गर्न सकिन्छ।

सिंगो पत्रकारिता जगतको वर्तमान अवस्था र पत्रकार अजयबाबु शिवाकोटीको व्यक्तिगत धारणा बुझ्न यहाँ दिईएको भिडियोमा क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...