News Portal

ठगी आरोपमा ४ महिलाहरु प्रहरीको फन्दामा परे

हिमाली संचार संवाददाता
६५० पटक

रमेशचन्द्र अधिकारी/धनकुटा : भविष्यवाणी तथा तान्त्रिक विधिले जोखना हेर्ने भन्दै ठगी गरेको अभियोगमा ४ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ की २८ वर्षीया हुस्नु वानु, बारा जिल्लाको गढीमाई नगरपालिका ३ घर भएकी ३० वर्षीया शनिचरी माली, वुधिया खातुन र २८ वर्षीया जयदा खातुन रहेको प्रहरीले जनाएको छ ।

गाउँबस्तीमा गएर प्रलोभनमा पार्दै उपचार समेत गरिदिने वहानामा ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले जडिबुटी बरामत गरेको छ ।

गरगहनासमेत लुट्ने प्रयास गरेको स्थानीयले बताएका छन् । पक्राउ परेका चारै जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...