News Portal

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु !

हिमाली संचार संवाददाता
६९२ पटक

फाइल तस्बिर
ईश्वरकाजी खाइजू 
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा बुधबार चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडकको सिर्जनानगरबाट दुवाकोट तर्फ जाँदै गरेको बा ९४ प ७१७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

तीव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई आफैँ दुर्घटना हुँदा चालक भक्तपुरको चाँगुनारायण नपा ४ का २९ वर्षीय सहिद तामाङको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय शेरबहादुर तामाङ घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनालगत्तै उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो। उपचारकै क्रममा तामाङको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...