News Portal

लागूऔषध ७४७ थान ट्याबलेटसहित वीरगञ्जबाट २ जना पक्राउ

हिमाली संचार संवाददाता
५३८ पटक

वीरगञ्ज : प्रहरीले वीरगञ्जबाट लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिक-११, बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका – ४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-८ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगञ्जतर्फ साइकलमा आउँदै हवारीको साथबाट लागूऔषध नाइट्राभेट ट्याबलेट ७४७ थान फेला परेको थियो ।

लागूऔषध र साइकलसहित हवारीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१६, स्थित मुल भंसार गेटबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

दक्षिण रक्सौलबाट उत्तर वीरगञ्जतर्फ पैदल आउँदै गरेका बिष्णु श्रेष्ठको साथबाट लागूऔषध इन्जेक्सन डाइजेल्याब ११ एम्पुल, फेनार्गन १० एम्पुल र नूफिर्न ८ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

हवारी र श्रेष्ठ दुवै जना विरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...