News Portal

चीनद्वारा भारतको सिमाना नजिक अत्याधुनिक तोप तैनाथ

हिमाली संचार संवाददाता
५४८ पटक

एजेन्सी चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ ।  त्यहाँको सरकारी पत्रिका ग्लोबल टाइम्सकाअनुसार चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ गरेको हो ।

पत्रिकाका अनुसार शनिबार चीनको जनमुक्ति सेनाको स्थल फौजको वीच्याट एकाउन्टमा यससम्बन्धमा एक लेख जारी गरिएको छ । यो तोप सवारी साधनमा जोड्न मिल्ने भएकाले सजिलै एक ठाँउबाट अर्को स्थानमा सार्न सकिन्छ । सो स्थानमा योभन्दा पहिले हल्का युद्धक तोप तैनाथ गरिएको थियो ।

एक सैनिक विज्ञ सोङ झेङपिङका अनुसार होवित्जरमा ५२ क्यालिबरको तोप जडित हुन्छ । यसले ५० किमी टाढासम्म मार हान्न सक्छ । साथै यसले लेजर–निर्देशित र भू–उपग्रह निर्देशित मिसाइल झार्न सक्छ ।

भारत र चीनबीचको सीमामा सन् २०१७ मा विवाद देखिएको थियो । महिनौंपछि तनावपूर्ण गतिरोध अन्त्य भएको भए पनि उक्त स्थानको विवाद भने समाधान भइसकेको छैन । चीनले आफूले कसैलाई डर देखाउन भन्दा पनि आत्मसुरक्षाको लागि तोप ल्याएको बताएको छ ।

बीबीसी हिन्दीका अनुसार भारतले यो विषयमा आपत्ति र चिन्ता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...