News Portal

चीनद्वारा भारतको सिमाना नजिक अत्याधुनिक तोप तैनाथ

हिमाली संचार संवाददाता
६०० पटक

एजेन्सी चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ ।  त्यहाँको सरकारी पत्रिका ग्लोबल टाइम्सकाअनुसार चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ गरेको हो ।

पत्रिकाका अनुसार शनिबार चीनको जनमुक्ति सेनाको स्थल फौजको वीच्याट एकाउन्टमा यससम्बन्धमा एक लेख जारी गरिएको छ । यो तोप सवारी साधनमा जोड्न मिल्ने भएकाले सजिलै एक ठाँउबाट अर्को स्थानमा सार्न सकिन्छ । सो स्थानमा योभन्दा पहिले हल्का युद्धक तोप तैनाथ गरिएको थियो ।

एक सैनिक विज्ञ सोङ झेङपिङका अनुसार होवित्जरमा ५२ क्यालिबरको तोप जडित हुन्छ । यसले ५० किमी टाढासम्म मार हान्न सक्छ । साथै यसले लेजर–निर्देशित र भू–उपग्रह निर्देशित मिसाइल झार्न सक्छ ।

भारत र चीनबीचको सीमामा सन् २०१७ मा विवाद देखिएको थियो । महिनौंपछि तनावपूर्ण गतिरोध अन्त्य भएको भए पनि उक्त स्थानको विवाद भने समाधान भइसकेको छैन । चीनले आफूले कसैलाई डर देखाउन भन्दा पनि आत्मसुरक्षाको लागि तोप ल्याएको बताएको छ ।

बीबीसी हिन्दीका अनुसार भारतले यो विषयमा आपत्ति र चिन्ता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...