News Portal

अस्पतालको शैया छटपटाइरहेकी बर्दियाकि प्रिज्मा थारुलार्इ सहयोगका लागि अपिल

हिमाली संचार संवाददाता
१२१३ पटक

पौष २५, बर्दिया : आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आउनु भएका बर्दिया बासगढी नगरपालिका प्रिज्मा थारुलार्इ सहयोग गरेर ज्यान बचार्इदिन परिवारका सदस्यले अपिल गरेका छन।

एसएलएफ नामक दिर्घायु रोगको कारण दुबै मृगौलामा समस्या देखिएपछि थारु चार बर्षदेखि काठमान्डौको शिक्षण अस्पतालमा उपचारर्थ हुनुहुन्छ।

४ बर्षदेखि उपचार गराउदा भएको पैसा सबै सकिएको हुदाँ उपचारमा समस्या भएको उहाँका दिदि अर्चु चौधरीले बताउनुभयो। उहाँले सम्पत्तिका नाममा भएको घर जग्गा समेत बहिनिको उपचारमा सकिएको भन्दै सहयोगको लागी सबैसंग अपिल गर्नुभयो।

बहिनिको उपचारमा अहिले सम्म ६० लाख भन्दा धेरै खर्च भर्इसकेको भन्दै अझै धेरै खर्च लाग्ने भएकाले सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो। यसअघि कोहलपुरका विभिन्न अस्पतालमा उपचार गरेपनि सम्भब नभएपछि डाक्टरले काठमान्डौ जान सुझाँव दिएका थिए।

बहिनिको उपचारमा भएको पैसा पनि उपचारकै क्रममा सकियो, अव बहिनिलाई बचाउँन आफुसँग कुनै उपाय नभएको उहाँको भनार्इ छ। हामी संगको कुराकानीमा भावुक हुदै उहाँले भन्नु भयो‘हाम्रो बिजोक हुनबाट जोगाईदिन सवैलाई अनुरोध गर्छु। अहिले उहाँको उपचारमा दैनिक तिन हजारदेखि ४ हजार सम्म खर्च लाग्ने गरेको बताउनुभयो।

अहिले आफुहुलार्इ काठमान्डौमा बसेर खाना बस्नको समेत समस्या हुने अबस्था आएको उहाँको भनार्इ छ। सहयोगको लागी विभिन्न निकायसम्म पुग्दा समेत आफुहरुको समस्या प्रति कसैले चासो नदेखाएको उहाँले बताउनुभयो। सहयोगका लागि ९८६८२७८९२५ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन चौधरीले सवैमा अनुरोध गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...