News Portal

अस्पतालको शैया छटपटाइरहेकी बर्दियाकि प्रिज्मा थारुलार्इ सहयोगका लागि अपिल

हिमाली संचार संवाददाता
११४९ पटक

पौष २५, बर्दिया : आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आउनु भएका बर्दिया बासगढी नगरपालिका प्रिज्मा थारुलार्इ सहयोग गरेर ज्यान बचार्इदिन परिवारका सदस्यले अपिल गरेका छन।

एसएलएफ नामक दिर्घायु रोगको कारण दुबै मृगौलामा समस्या देखिएपछि थारु चार बर्षदेखि काठमान्डौको शिक्षण अस्पतालमा उपचारर्थ हुनुहुन्छ।

४ बर्षदेखि उपचार गराउदा भएको पैसा सबै सकिएको हुदाँ उपचारमा समस्या भएको उहाँका दिदि अर्चु चौधरीले बताउनुभयो। उहाँले सम्पत्तिका नाममा भएको घर जग्गा समेत बहिनिको उपचारमा सकिएको भन्दै सहयोगको लागी सबैसंग अपिल गर्नुभयो।

बहिनिको उपचारमा अहिले सम्म ६० लाख भन्दा धेरै खर्च भर्इसकेको भन्दै अझै धेरै खर्च लाग्ने भएकाले सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो। यसअघि कोहलपुरका विभिन्न अस्पतालमा उपचार गरेपनि सम्भब नभएपछि डाक्टरले काठमान्डौ जान सुझाँव दिएका थिए।

बहिनिको उपचारमा भएको पैसा पनि उपचारकै क्रममा सकियो, अव बहिनिलाई बचाउँन आफुसँग कुनै उपाय नभएको उहाँको भनार्इ छ। हामी संगको कुराकानीमा भावुक हुदै उहाँले भन्नु भयो‘हाम्रो बिजोक हुनबाट जोगाईदिन सवैलाई अनुरोध गर्छु। अहिले उहाँको उपचारमा दैनिक तिन हजारदेखि ४ हजार सम्म खर्च लाग्ने गरेको बताउनुभयो।

अहिले आफुहुलार्इ काठमान्डौमा बसेर खाना बस्नको समेत समस्या हुने अबस्था आएको उहाँको भनार्इ छ। सहयोगको लागी विभिन्न निकायसम्म पुग्दा समेत आफुहरुको समस्या प्रति कसैले चासो नदेखाएको उहाँले बताउनुभयो। सहयोगका लागि ९८६८२७८९२५ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन चौधरीले सवैमा अनुरोध गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...