News Portal

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २५ गते बुधबार, तदअनुसार २०१९ जनवरी ९ तारिख  

हिमाली संचार संवाददाता
५०७ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर पुरानो समस्याले खर्च गराउन सक्छ। सरसापटमा पनि धन बाहिरिने सम्भावना देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर प्राप्त भए पनि अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। होसियारीसाथ काम लिँदा फाइदा हुनेछ। बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले चिताएको काम सम्पादन हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। दैनिकीमा परिवर्तन आउनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। कामले नाम र दाम दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी बढे पनि काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले समुदायको हितमा काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाएर पनि फाइदा उठाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। चिताएको काम रोकिन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लोकाचारले फजुल खर्च गराए पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। मध्याह्नदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। मध्याह्नदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यवधानका बाबजुद आँटेको काम सम्पादन हुनेछ तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ। अरूका काममा धेरै समय बित्नेछ। मध्याह्नदेखि थीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। आफन्तबाट टाढिनुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। विचारले अरूको ध्यान तान्न सकिनेछ। दिउँसोतिर व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। कामको लगावले मनग्गे धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा दिलाउनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। दिउँसोतिर बोलीको भरमा काम बन्न सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...