News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कुवेत पठाइदिने भन्दै बाबुछोराको ठगी धन्दा : बाबु पक्राउ, छोरासहित दुई फरार

    हिमाली संचार संवाददाता
    ५२७ पटक

    श्रवण देव
    सप्तरी : छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका जिनत मन्सुरीले छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन एजेन्टले मागेको १ लाख ३६ हजार रुपैयाँ ऋण लिए । राम्रो कमाइ हुने ठाउँ कुवेतको भिसा आएको र जान ढिलो भइसकेको बताएपछि सबै पैसा एजेन्टलाई बुझाइदिए । गएको साउनमै भिसा आइसकेको भन्दै उडन तयार भएका अन्सारुल न त विदेश जान पाए, नत उक्त रकम नै पाएका छन् ।

    सोही ठाउँका २१ बर्षीय रामनारायण मुखियाको हालत पनि अन्सारुलको जस्तै छ । उनले पनि १ लाख ३६ हजार तिरे कुवेत जाने आशमा । तर, अहिले न विदेश जान पाए न रकम नै फिर्ता पाए । एजेन्टलाई रकम दिएर ठगीमा पर्नेमा राजगढ गाउँपालिका ३ का २२ बर्षीय अफजल मन्सुरी पनि छन् । उनले पनि ७६ हजार रुपैयाँ एजेन्टलाई बुझाए विदेश गएर कमाइ गर्ने आशमा । तर उनको आशामाथि पनि तुसारापात भयो ।

    हनुमानननगर कंकालनी नगरपालिका १४ रम्पुरा मल्हनियाँका दिनेश मुखियाले पनि विदेश जाने नाममा १ लाख ३६ हजार गुमाएका छन् । सप्तरीको भिन्न–भिन्न ठाउँका यी युवाहरु वैदेशिक रोजगारीमा एकसाथ ठगिएका छन् । र, ठग्ने गिरोह एउटै हुन् । एक बुवा छोरासहित तीन जना मिलेर सप्तरीभरीकै युवाहरुलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको मंगलबार पर्दाफास भयो ।

    सप्तरीकै रुपनी गाउँपालिका १ बस्ने मस्तकिम मियाँ, उनका छोरा हजरत तथा छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका रहमान मियाँले दर्जनौं युवासँग करोडौं ठगी गरेको उजुरी प्रहरीमा परेको छ । प्रहरीले मस्तकिमलाई पक्राउ गरेको छ भने अन्य दुई फरार रहेका छन् ।

    मंगलबार जिल्ला प्रहरी कार्यालयमा एकसाथ ३७ जना पीडितले उनीहरुविरुद्ध उजुरी दिएका छन् । सप्तरीको प्रायः हरेक ठाउँका युवाहरुले सामूहिक उजुरी दिएपछि प्रहरी पनि आश्चर्यमा परेको छ । उनीहरुले ८० हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म लिएका छन् । धेरै जनासँग  १ लाख ३६ हजार लिएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

    उनीहरुले सबैलाई कुवेत पठाइदिने भनेरै रकम लिएका छन् । ‘ठगीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छौं’ सप्तरी प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र विष्टले भने, ‘बाँकीको पनि खोजी भइरहेको छ ।’ प्रहरीले तीनैजना विरुद्ध ठगी मुद्दा लगाउने तयारी गरेको छ ।

    भेला गर्दै, रकम जम्मा गर्न लगाउँदै
    ठगी गिरोहका तीन जनाले सबै गाउँलेलाई एकै ठाउँमा भेला गरेर वैदेशिक रोजगारको प्रचार–प्रसार गर्दै आएको बताएका छन् । गाडी चढेर आउने उनीहरुले कमाइ हुने ठाउँमा पठाइदिने लोभ देखाउने गरेका लालापट्टीका सगीर मन्सुरीले बताए ।

    ‘गत साउनको पहिलो साता नै यी तीन जना मेरो गाउँमा आएर भेला बोलाएका थिए’ सगीरले उनीहरुले दिने आश्वासनबारे सुनाए ‘तपाईंहरुलाई राम्रो काममा कुवेत पठाइदिन्छु । अहिले पैसा छैन भने केही छैन । विस्तारै जम्मा गर्दै गर्नुस् । भिसा आएपछि दिनुहोला ।

    विष्णुपुर गाउँपालिका १ खुरहुरियाका रोहित खंगले पनि तीन जनाले यसरी नै रकम लिएको सुनाए । ‘उहाँहरु गाउँमा आएर बैठकजस्तो गर्नुभयो । पैसा जम्मा गर्दै गर भन्नुभयो र, पछि भिसा आइसकेको भन्दै रकम लियो’ खंगका बुबा भुटाईले भने ।

    ठगिनेमा छिन्नमस्ता, राजगढ, विष्णुपुर, तिलाठी–कोइलाडी गाउँपालिका तथा हनुमाननगर–कंकालनी नगरपालिकाका युवाहरु रहेका छन् ।

    नक्कली भिसा देखाउँदै ठगी गर्दै
    शुरुमा थोरै रकम माग गर्ने उनीहरुले पछि भिसा आइसकेको भन्दै थप रकम माग्ने गर्थे । ‘भिसा आइसकेपछि उनले भने बमोजिम रकम जहाँबाट भए पनि दियौं लालापट्टीका नइम मन्सुरीले भने, ‘आफूसँग रु १ लाख ३६ हजार लिए ।

    यो रकममध्ये ६ हजार मेडिकल जाँच र अन्य भिसा तथा टिकटको नाममा उनले असुली गरेका छन् । भिसा आइसकेको भन्दै काठमाडौं बोलाउने र केही दिन होटल तथा लजमा बसाउने पनि गरेका पीडितले बताए । ‘एक हप्तासम्म आफ्नै खर्चमा काठमाडौंमा बस्यौं’ तिलाठी कोइलाडी २ लौनियाँका मनिष ठाकुरले भने, ‘यसपछि फोन गर्दा उनीहरुले फोनसमेत उठाउन छाडे ।

    ठगिएका युवाहरुले उनीहरुले दिएको भिसासमेत प्रहरीमा दिएका छन् । प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले प्रारम्भिक अनुसन्धानमा भिसा नक्कली देखिएको बताए । उसबारे वैदेशिक रोजगार विभागमा बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

    प्रहरीले हजरतको घरमा छापा मार्दा धेरै भिसासहित वैदेशिक रोजगारसम्बन्धी कागजातहरु फेला पारेको छ । प्रहरी प्रमुख विष्टका अनुसार यस घटनाको मुख्य नाइके हजरत हुन् । उनको खोजी तिब्र पारिएको विष्टले बताए ।

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...