News Portal

काधमा जिम्मेवारी

हिमाली संचार संवाददाता
६९७ पटक

प्रकाश घिमिरे “अन्जानयात्री”

थकित छु धरा रगतपसिना बेच्दा बेच्दै म
आजित छु हेर मुठ्ठीमाना जोर्दा जोर्दै म

एक पछी आर्को लर्को छन् यी समस्याहरु
बिचलित छु खर्चो झिनामसिना टार्दा टार्दै म

साहु देखि बाउ सम्म घर देखि परसम्म पैसा
लज्जित छु सधैं भर तानाबाना बुन्दा बुन्दै म

अधुरै हुने रहेछन् त सपनाहरू सदैब गरिबका
बर्जित छु आज फ़ेरि थुप्रै बहाना गर्दा गर्दै म

श्रमको उचित मुल्य छैन महङ्गी चुलीले छोयो
चकित छु बजारमा चाना र दाना हेर्दा हेर्दै म

दु:ख सुख संमिश्रण जिन्दगी मझधारमा भयो
भयभीत छु यी स्वार्थी जमाना थेग्दा थेग्दै म ।।

———————

बुङदिकाली ३ रकुवा नवलपुर

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...