News Portal

काधमा जिम्मेवारी

हिमाली संचार संवाददाता
७४९ पटक

प्रकाश घिमिरे “अन्जानयात्री”

थकित छु धरा रगतपसिना बेच्दा बेच्दै म
आजित छु हेर मुठ्ठीमाना जोर्दा जोर्दै म

एक पछी आर्को लर्को छन् यी समस्याहरु
बिचलित छु खर्चो झिनामसिना टार्दा टार्दै म

साहु देखि बाउ सम्म घर देखि परसम्म पैसा
लज्जित छु सधैं भर तानाबाना बुन्दा बुन्दै म

अधुरै हुने रहेछन् त सपनाहरू सदैब गरिबका
बर्जित छु आज फ़ेरि थुप्रै बहाना गर्दा गर्दै म

श्रमको उचित मुल्य छैन महङ्गी चुलीले छोयो
चकित छु बजारमा चाना र दाना हेर्दा हेर्दै म

दु:ख सुख संमिश्रण जिन्दगी मझधारमा भयो
भयभीत छु यी स्वार्थी जमाना थेग्दा थेग्दै म ।।

———————

बुङदिकाली ३ रकुवा नवलपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...