News Portal

सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना हुदै

हिमाली संचार संवाददाता
५९६ पटक

कैलाली : धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। सोमबार धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मेलनमा बोल्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा मनाइने बताए ।उनले गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको भएको भन्दै प्रतियोगितालाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ भने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम-११ र मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् ।

उद्घाटन खेल दिउँसो २ः३० बजेदेखि क्षेत्रीय रंगशाला धनगढीमा सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ।क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाइनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...