News Portal

सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ

हिमाली संचार संवाददाता
५१८ पटक

नगेन्द्र उपाध्याय/सुर्खेत : प्रहरीले ६ किलो तीन सय ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–१० मदानेचौरबाट चरेशसहित दुई जनालाई पक्राउ गरिएको हो।

मदानेचौरका ५५ वर्षीय वीरबहादुर बुढाले घरमा लुकाई राखेको चरेशसहित बुढा र भेरीगंगा–२ का ४२ वर्षीय हरिबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए।

‘सुराकीको आधारमा शनिबार बेलुका साढे पाँच बजेतिर घर खानतलासी गर्दा उक्त चरेशसहित दुई जनालाई पक्राउ गर्न सफल भयौं’ चौलागाईले भने, ‘जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेका छौं।’ प्रहरीका अनुसार कालो प्लाष्टिकले बेरेर झोलाभित्र राखेको अवस्थामा चरेश बरामद गरिएको हो।

यस्तै प्रहरीले सात केजी पत्थर (स्टोन ट्रोमालिन) बरामद गरेको छ। उक्त पत्थर परीक्षणका लागि प्रहरीले भूगर्व विभागमा पठाएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...