News Portal

सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ

हिमाली संचार संवाददाता
५६९ पटक

नगेन्द्र उपाध्याय/सुर्खेत : प्रहरीले ६ किलो तीन सय ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–१० मदानेचौरबाट चरेशसहित दुई जनालाई पक्राउ गरिएको हो।

मदानेचौरका ५५ वर्षीय वीरबहादुर बुढाले घरमा लुकाई राखेको चरेशसहित बुढा र भेरीगंगा–२ का ४२ वर्षीय हरिबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए।

‘सुराकीको आधारमा शनिबार बेलुका साढे पाँच बजेतिर घर खानतलासी गर्दा उक्त चरेशसहित दुई जनालाई पक्राउ गर्न सफल भयौं’ चौलागाईले भने, ‘जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेका छौं।’ प्रहरीका अनुसार कालो प्लाष्टिकले बेरेर झोलाभित्र राखेको अवस्थामा चरेश बरामद गरिएको हो।

यस्तै प्रहरीले सात केजी पत्थर (स्टोन ट्रोमालिन) बरामद गरेको छ। उक्त पत्थर परीक्षणका लागि प्रहरीले भूगर्व विभागमा पठाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...