News Portal

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २३ गते सोमबार, तदअनुसार २०१९ जनवरी ७ तारिख

हिमाली संचार संवाददाता
४९५ पटक

– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिग्रिएको सम्बन्ध सुधार्न निकै प्रयत्न गर्नुपर्ला। प्रक्रिया बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। कर्मयोगले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्च गर्नुपर्ला। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
दौडधुपमै समय बित्नेछ भने आँटेको काम समयमा पूरा गर्न नसकिएला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। मनग्गे अर्थ लाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाबाट नयाँ कामको अवसर प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ। काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला। प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। व्यवसायमा सोचेको धनलाभ नहुन सक्छ। सन्तान वा अनुयायीले भने साथ दिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति अलि संघर्षपूर्ण रहने देखिन्छ। चिताएका काम बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले मात्र साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ। आस मारेको कामको नतिजा सकारात्मक हुने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। व्यावहारिक समस्या देखिए पनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। फाइदाका लागि पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अग्रजहरूको सहयोग प्राप्त हुनाले बिस्तारै काम सम्पादन हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरानो समस्या दोहोरिएला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तक र नजिकका साथीभाइ टाढिन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...