News Portal

ठकुरी सहयोग संजाल बाँकेद्वारा सल्लाहकारहरु सम्मानित, बाँके र बर्दियालाई कर्णालीमा समायोजन

हिमाली संचार संवाददाता
६४९ पटक

बाँके : ठकुरी सहयोग संजाल बाँकेले शनिबार सल्लाहकारहरूलाई सम्मानित गरेको छ । संजाल बाँकेका अध्यक्ष दिपक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार टिका जंग सिंह, भोला हमाल, लोक बहादुर शाही, पुर्व सशस्त्र प्रहरीका वरिष्ठ उपरिक्षक मान बहादुर शाही, व्यवसायी तपेन्द्र विक्रम शाह, ओमकार शाही, रमेश बहादुर सिंह, मिगल सिंह, युवा नेता कपिल शाह, ठकुरी पत्रकार समाजकी केन्द्रिय अध्यक्ष एवम ठकुरी सहयोग संजालकी प्रदेश नं ५ की सल्लाहकार करुणा राज्य लक्ष्मी शाह, प्रदेश नं ६ का प्रमुख देव बहादुर शाही र प्रदेश नं ५ प्रमुख संयोग जंग शाह लगायतलाई सम्मानित गरिएको हो।

कार्यक्रममा बोल्दै संजालका प्रदेश नं ६ का प्रमुख देव बहादुर शाहीले आज संघीयताको कोट गई रहेको बेला सम्पुर्ण ठकुरी पुर्व मेची देखी पश्चिम महाकाली सम्मका ठकुरी एकजुट हुनुपर्छ र हामी बाँके र बर्दिया हिजोको मध्यपश्चिम आजको प्रदेश नं ६ का पहाडी भेगका बसाईसराई गरेका हौँ, हामी बाँके र बर्दियाको पहल संगै प्रदेशको सहयोग र सहायताले हामी प्रदेश नं ६ मा गाभिन पहल गर्नुपर्ने कुरा आवश्यक रहेको बताउनुभयो ।

साथै प्रदेश नं ५ का प्रमुख संयोग जंग शाहले बाँके र बर्दिया कर्णाली प्रदेशमा मिलाउनु पर्ने आवश्यक रहेको र यस कार्यका लागी छिट्टै बिभिन्न जात र धर्मवान व्यक्तीको संघर्ष समिती बनाई कार्यक्रम गरी अघि बढने बताउनुभयो ।

कार्यक्रममा ठकुरी सहयोग संजाल बाँकेद्धारा संचालित कृष्णसार कृषी सहकारी संस्थाको साधरण सभा समेत सम्पन्न गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...