News Portal

भारतमा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु

हिमाली संचार संवाददाता
५०४ पटक

सिमला – भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

सिरमाउर जिल्लाका वरिष्ठ प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताए । दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा एक लाख ५० हजारको मृत्यु हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...