News Portal

आगलागीमा नेताकै नेतृत्वको दारु पार्टी !

हिमाली संचार संवाददाता
५५८ पटक

बिस्‍नप्रसाद न्याैपाने
कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् ।

‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी भयो भन्ने कुरा पनि केही दिनमा सार्वजनिक गर्छौँ । मान्छेहरु पनि पहिचान गरिसकेका छौँ । उनीहरुलाई पक्राउ गर्ने तयारी भएको छ । दारु पार्टीमा संलग्नहरु पक्राउ गरेसकेपछि सबै बिबरण बाहिर आउँछ,’ डिएसपी शर्माले भने ।

प्रहरीका अनुसार उक्त पार्टी सरकारी कर्मचारी र जनप्रतिनिधिहरुकै नेतृत्वमा भएको हो । सबै व्यक्तिबारे अनुसन्धान भइरहेको पनि शर्माले बताएका छन् । शर्माले भने, ‘आगलागी गराउने व्यक्तिहरुको पहिचान भइसकेको छ । दारु पार्टीमा खाएको चुरोटका ठुटाबाट सल्किएको आगोले गाँउमा आगलागी भएको हो । यसबारे पूर्ण बिबरण छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

गलत सूचना दिने हवलदार निलम्वन

खाडाको आगलागीको गलत बिबरण सहितको सूचना दिएको भन्दै इलाका प्रहरी चौकी थिर्पुमा कार्यरत प्रहरी हवलदार यज्ञबहादुर खड्कालाई निलम्वन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी शर्माले आगलागीको गलत बिबरण टिपाएको भन्दै प्रहरी हवलदार खड्कालाई निलम्बन गरेको बताए ।

पुस ८ गते राति करिब १ बजेर ४० मिनेटमा खाडामा आग्लागी भएको थियो । प्रहरीले २ बजेतिर जानकारी पायो । जानकारी पाउनासाथ थिर्पुबाट प्रहरी हवलदार खड्का सहितको प्रहरीको टोली घटना स्थल तिर गएको थियो ।

हवलदार खड्काको टोली बिहान साढे ६ बजेमात्र पुगेको थियो । जिल्लाको सुरक्षा निकायहरुको बिबरण पठाउने पहिलो व्यक्ति नै खड्का रहेको बुझिएको छ । गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडाध्यक्ष मानबहादुर भण्डारीले पनि गलत सूचना फैलाएको पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...