News Portal

डडेल्धुरा सदरमुकाममा मध्यराति आगलागी, ३ पसल जलेर नष्ट

हिमाली संचार संवाददाता
५८५ पटक

आशिष मल्ल
डडेल्धुरा : अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्।
अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।

आगलागीबाट पनेरु तरकारी पसल, स्काई फोटो स्टोडियो र अर्को एक नास्ता पसल जलेका हुन् ।आगलागीको १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगको आगो नियन्त्रणमा आएको थियो ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। तर, त्यसको पुष्टि भइसकेको छैन ।

डडेल्धुरामा एक साताको अन्तरालमा भएको यो दोस्रो आगलागी हो । यसअघि डडेल्धुराकै २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...