News Portal

डडेल्धुरा सदरमुकाममा मध्यराति आगलागी, ३ पसल जलेर नष्ट

हिमाली संचार संवाददाता
६०१ पटक

आशिष मल्ल
डडेल्धुरा : अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्।
अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।

आगलागीबाट पनेरु तरकारी पसल, स्काई फोटो स्टोडियो र अर्को एक नास्ता पसल जलेका हुन् ।आगलागीको १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगको आगो नियन्त्रणमा आएको थियो ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। तर, त्यसको पुष्टि भइसकेको छैन ।

डडेल्धुरामा एक साताको अन्तरालमा भएको यो दोस्रो आगलागी हो । यसअघि डडेल्धुराकै २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...