News Portal

सल्यानमा विद्यार्थीलाइ शिक्षकले कुटपिट गर्दा सख्त घाइते

हिमाली संचार संवाददाता
४९५ पटक

बिप्लब महर्जन
सल्यान : बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत सख्त घाइते छन् ।

बुधबार दिउँसो १२ बजेतिर विद्यालयमा छात्र बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेका हुन्।

विद्यार्थीका बुबा तेजबहादुर बस्नेतका अनुसार शिक्षकले कुटपिट गर्दा छोरा बेहोस भएको थियो। बेहोस अवस्थामा कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा ल्याएर उपचार गरिएको थियो। बिशालको पेट, टाउको, छाती र खुटटामा चोट लागेको कान्तिपुरमा खबर छ।

शिक्षकले दुई/तीनपटकसम्म पिट्दा थाहा पाएपनि त्यसपछि बेहोस हुँदा श्रीनगर ल्याउदासम्म केही थाहा नभएको पीडित विद्यार्थीले बताए। विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षकहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुन सक्ने बताए। नियतबस विद्यार्थीलाई शिक्षकले कुनैपनि हातपात नगरेको उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...