News Portal

सल्यानमा विद्यार्थीलाइ शिक्षकले कुटपिट गर्दा सख्त घाइते

हिमाली संचार संवाददाता
५४२ पटक

बिप्लब महर्जन
सल्यान : बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत सख्त घाइते छन् ।

बुधबार दिउँसो १२ बजेतिर विद्यालयमा छात्र बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेका हुन्।

विद्यार्थीका बुबा तेजबहादुर बस्नेतका अनुसार शिक्षकले कुटपिट गर्दा छोरा बेहोस भएको थियो। बेहोस अवस्थामा कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा ल्याएर उपचार गरिएको थियो। बिशालको पेट, टाउको, छाती र खुटटामा चोट लागेको कान्तिपुरमा खबर छ।

शिक्षकले दुई/तीनपटकसम्म पिट्दा थाहा पाएपनि त्यसपछि बेहोस हुँदा श्रीनगर ल्याउदासम्म केही थाहा नभएको पीडित विद्यार्थीले बताए। विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षकहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुन सक्ने बताए। नियतबस विद्यार्थीलाई शिक्षकले कुनैपनि हातपात नगरेको उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...