News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तपाईंको राशिफल : वि.सं.२०७५ साल पुस २० गते शुक्रबार, तदअनुसार २०१९ जनवरी ४ तारिख

    हिमाली संचार संवाददाता
    ४६७ पटक

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। आम्दानी कमजोर हुनाले कर्जा लिनुपर्ला। दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। परिस्थितिवश योजना सम्पन्न गर्न समय लाग्नेछ। अवसरका विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। लगनशीलताले मात्र काम बन्नेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला, फाइदा हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। मध्याह्नपछि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोग जुट्नाले तारिफयोग्य काम सम्पादन हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    हतारको निर्णयले अप्ठ्यारो पर्नेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। मध्याह्नदेखि अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेत गर्दा सामान्य फाइदा हुनेछ तर आफन्तको भरपर्दा धोका हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। दिउँसोदेखि पुरानो सम्झौता पालना गर्न नसक्दा साथीभाइ प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र शुभचिन्तकहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम अरूका लागि खर्चनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। दिउँसोदेखि न्यायका लागि सजग रहनुपर्ला। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्लान्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ। प्रतिस्पर्धाले कर्मयोगको मार्गमा अग्रसर गराउन सक्छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। मध्याह्नदेखि व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। पछिका लागि केही त्याग गर्नुपर्ला। बलजफ्ती गर्दा काम रोकिन सक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। मध्याह्नपछि गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। केही बाध्यतामा अलमलिनुपर्दा चिताएको काम गर्न बाधा पर्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। दाम र प्रतिष्ठा कमाउने अवसर जुट्नेछ। सहयोगीहरूले विशेष फाइदा दिलाउनेछन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...