News Portal

राष्ट्रपति भण्डारी हेलिकप्टरबाट झापा अवलोकनमा, स्कुल बिदा गरेरै स्वागतमा शिक्षक-विद्यार्थी

हिमाली संचार संवाददाता
५६२ पटक

रविन भट्टराई
बिर्तामोड : बुधबार झापा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ ।

राष्ट्रपति भण्डारीले बुधबार दिउसो उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी हुन् । शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको भने उनले स्थलगत अवलोकन गरिन् । कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् ।

कृषि अवलोकन भ्रमणपछि राष्ट्रपति भण्डारीले कृषि फार्म र परियोजनालाई सरकारले सुधार गर्दै कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् ।

फार्मको अवलोकनपछि चन्द्रडाँगीमा आयोजित औपचारिक कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएकी हुन् । संघीय सरकारले हेर्दैआएका कृषि फार्म र परियोजनालाई प्रदेश र स्थानीय तहमा जिम्मा दिन सके अझै राम्रो काम हुने उनको तर्क छ ।

‘देश संघियतामा गएपछि स्थानीय तह, नागरिक र प्रदेशले अधिकार खोज्नु स्वभाविक हो, पहिले केन्द्रीय सरकारले हेर्दै आएका परियोजना र फार्म सञ्चालनको अधिकार स्थानीय तहले माग गर्नु स्वभाविक हो,’ उनले भनिन् ।

राजनीतिक संक्रमणकाल टुङ्गिएर देश स्थिर राजनीतिमा प्रवेश गरेको भन्दै संघीय नेपालमा शक्ति बाँडफाड र अधिकारलाई मिलाउँदै जानेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

स्कुल बिदा गरेरै स्वागतमा

राष्ट्रपति कृषि अवलोकनमा आउने भएपछि सो क्षेत्रका ६ वटा स्कुल बिदा नै गरेर विद्यार्थी र शिक्षक कार्यक्रमस्थलमा आएका थिए । राष्ट्रपतिको स्वागतका लागि उनीहरु कार्यक्रमस्थलमा पुगेका हुन् । राष्ट्रपति भण्डारी दुई स्थानको अवलोकन गरी बुधबारै काठमाडौं फर्किएकी छन् ।

तस्वीर : दिननाथ ढुंगाना

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...