News Portal

राष्ट्रपति भण्डारी हेलिकप्टरबाट झापा अवलोकनमा, स्कुल बिदा गरेरै स्वागतमा शिक्षक-विद्यार्थी

हिमाली संचार संवाददाता
४९३ पटक

रविन भट्टराई
बिर्तामोड : बुधबार झापा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ ।

राष्ट्रपति भण्डारीले बुधबार दिउसो उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी हुन् । शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको भने उनले स्थलगत अवलोकन गरिन् । कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् ।

कृषि अवलोकन भ्रमणपछि राष्ट्रपति भण्डारीले कृषि फार्म र परियोजनालाई सरकारले सुधार गर्दै कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् ।

फार्मको अवलोकनपछि चन्द्रडाँगीमा आयोजित औपचारिक कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएकी हुन् । संघीय सरकारले हेर्दैआएका कृषि फार्म र परियोजनालाई प्रदेश र स्थानीय तहमा जिम्मा दिन सके अझै राम्रो काम हुने उनको तर्क छ ।

‘देश संघियतामा गएपछि स्थानीय तह, नागरिक र प्रदेशले अधिकार खोज्नु स्वभाविक हो, पहिले केन्द्रीय सरकारले हेर्दै आएका परियोजना र फार्म सञ्चालनको अधिकार स्थानीय तहले माग गर्नु स्वभाविक हो,’ उनले भनिन् ।

राजनीतिक संक्रमणकाल टुङ्गिएर देश स्थिर राजनीतिमा प्रवेश गरेको भन्दै संघीय नेपालमा शक्ति बाँडफाड र अधिकारलाई मिलाउँदै जानेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

स्कुल बिदा गरेरै स्वागतमा

राष्ट्रपति कृषि अवलोकनमा आउने भएपछि सो क्षेत्रका ६ वटा स्कुल बिदा नै गरेर विद्यार्थी र शिक्षक कार्यक्रमस्थलमा आएका थिए । राष्ट्रपतिको स्वागतका लागि उनीहरु कार्यक्रमस्थलमा पुगेका हुन् । राष्ट्रपति भण्डारी दुई स्थानको अवलोकन गरी बुधबारै काठमाडौं फर्किएकी छन् ।

तस्वीर : दिननाथ ढुंगाना

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...