News Portal

त्रिशूली जलविद्युत आयोजनामा आगलागी, नुवाकोटमा विद्युत आपूर्ति बन्द

हिमाली संचार संवाददाता
७१२ पटक

 

फाइल फोटो

काठमाडौं : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको उज्यालोमा खबर छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर एकमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ ।

बुधबार साँझ आयोजनामा रहेको ६.६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरेर आगो निभाइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन। आगलागीबाट के कति भौतिक क्षति भयो भन्ने जानकारी नआएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

आगलागीबाट नुवाकोटमा विद्युत आपूर्ति बन्द भएको छ भने धादिङ र रसुवाका केही भागमा पनि विद्युत आपूर्ति बन्द भएको छ । आयोजनाको यो प्लान्टमा गएको असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...