News Portal

जहाँ बिहे हुनका लागि केटीहरु मोटाउनु पर्छ

हिमाली संचार संवाददाता
७३८ पटक

एजेन्सी : युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपाय अपनाउँदछन् । तर यो दुनियाँमा एउटा यस्तो देश पनि छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाड मछाड गर्दछन् ।

अफ्रिकी देश मौरिटेनियाको परम्परा हो यो । त्यहाँ अविवाहित युवतीहरु यदि दुब्लो भए भने बिहे हुन नै हम्मे हम्मे पर्दछ । किनकी पुरुषहरुले बिहेका लागि मोटा युवतीहरु मन पार्दछन् ।

केटीहरुले आफ्नो जिउ मोटो बनाउनका लागि पौष्टिक र उच्च क्यालोरीयुक्त खानेकुराको डाइट चार्ट नै फलो गर्दछन् । दिनमा १६ हजार क्यालोरीसम्म खानेकुरा खाने गर्दछन् उनीहरु । बढी खाएर जिउ मोटो बनाउनका लागि उनीहरुलाई दबाव दिइन्छ ।

मोटो हुनु सम्पन्नता, सुन्दरता र सुखको प्रतीक हो भन्ने मान्यता उक्त देशको समाजमा रहेको छ । मोटी युवतीसँग बिहे गर्ने युवकको दाम्पत्य जिवन सुखी हुन्छ भनिन्छ ।

उक्त देशमा हरेक वर्ष दुई महिनाको फिडिंग सिजन हुन्छ । उक्त अवधिमा ११ वर्ष भन्दा माथिका किशोरी र युवतीहरुलाई मोटो बनाउनका लागि उँटको दुध लगायतका खानेकुरा मनग्गे खुवाइन्छ ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...