News Portal

  • जहाँ बिहे हुनका लागि केटीहरु मोटाउनु पर्छ

    हिमाली संचार संवाददाता
    ६६४ पटक

    एजेन्सी : युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपाय अपनाउँदछन् । तर यो दुनियाँमा एउटा यस्तो देश पनि छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाड मछाड गर्दछन् ।

    अफ्रिकी देश मौरिटेनियाको परम्परा हो यो । त्यहाँ अविवाहित युवतीहरु यदि दुब्लो भए भने बिहे हुन नै हम्मे हम्मे पर्दछ । किनकी पुरुषहरुले बिहेका लागि मोटा युवतीहरु मन पार्दछन् ।

    केटीहरुले आफ्नो जिउ मोटो बनाउनका लागि पौष्टिक र उच्च क्यालोरीयुक्त खानेकुराको डाइट चार्ट नै फलो गर्दछन् । दिनमा १६ हजार क्यालोरीसम्म खानेकुरा खाने गर्दछन् उनीहरु । बढी खाएर जिउ मोटो बनाउनका लागि उनीहरुलाई दबाव दिइन्छ ।

    मोटो हुनु सम्पन्नता, सुन्दरता र सुखको प्रतीक हो भन्ने मान्यता उक्त देशको समाजमा रहेको छ । मोटी युवतीसँग बिहे गर्ने युवकको दाम्पत्य जिवन सुखी हुन्छ भनिन्छ ।

    उक्त देशमा हरेक वर्ष दुई महिनाको फिडिंग सिजन हुन्छ । उक्त अवधिमा ११ वर्ष भन्दा माथिका किशोरी र युवतीहरुलाई मोटो बनाउनका लागि उँटको दुध लगायतका खानेकुरा मनग्गे खुवाइन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...