News Portal

अब विद्युतीय सवारी चालक अनुमतिपत्र डोटीबाटै नविकरण गर्न सकिने

हिमाली संचार संवाददाता
५५५ पटक

डोटी : विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) अब डोटीबाटै नविकरण हुने भएको छ। यातायात व्यवस्था सेवा कार्यालय डोटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि एवं दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले मंगलबार स्मार्ट कार्डको उद्घाटन गर्नु भएको छ ।

दार्चुला घर भइ डोटीको राजपुरमा मठैराज बालिचन कम्प्युटर सेन्टरका सञ्चालक दिनेश साउँदको पहिलो पटक स्मार्ट कार्डको विद्युतीय सवारी चालक अनुमतिपत्र नविकरण गरिएको छ ।

डोटीमा स्मार्ट कार्ड नविकरण कार्य सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा भएको छ । विद्युतीय सवारी चालक अनुमतिपत्र नविकरण सेवा शुरु हुनु डोटीको लागि सुखद भएको यातायात व्यवस्था विभाग काठमाडौँका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले बताउनुभयो ।

वि.स. २०७२ सालमा डोटीमा स्थापना भएको उक्त कार्यालयले हालसम्म सवारी पट्के कर सेवा मात्रै लिँदै आएको थियो । लगत्तै नगर विकास समितिको जग्गामा सवारी साधनको चालक अनुमति पत्रका लागि ट्रायल सेन्टर पनि सञ्चालन हुने यातायात व्यवस्था सेवा कार्यालय डोटीका प्रमुख ध्रुव दयालले बताउनुभयो ।

शैलेश्वरी यातायात व्यवसायी संघ डोटीका अध्यक्ष गणेश मलासीले यातायात व्यवस्था सेवा कार्यालय डोटीले कार्यालय स्थापनाको लामो समयपछि सेवा शुरु गरेर नविकरणकै लागि कैलाली पुग्नुपर्ने र हजारौं रकम खर्च गर्नु पर्ने बाध्यता टरेकोमा बताउनुभयो।

‘सामान्यतया लाइसेन्स रिनु गर्न र कर बुझाउनकै लागि कैलाली पुग्नु पथ्र्यो’, उहाँले भन्नुभयो, ‘५ सयमा हुने कामका लागि हजारौ रकम खर्च हुन्थ्यो त्यो जोगिने भयो उज्यालोमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...