News Portal

  • फुटबलमा एपीएफ क्लबसँग नेपाल पुलिस क्लब पराजित

    हिमाली संचार संवाददाता
    ४३४ पटक

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफ क्लबसँग अर्को विभागीय क्लब नेपाल पुलिस क्लब पराजित भएको छ । हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गरेको हो ।

    एपीएफको जितमा युवराज खड्काले दुई गोल गरे । त्यस्तै, राजेन्द्र रावल र हरि कार्कीले समान १–१ गोल गरे । यता, पुलिसका अजित भण्डारीले एक गोल फर्काएका थिए ।

    खेलको २० औं मिनेटमा राजेन्द्रले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा हरिले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । ४३ औं मिनेटमा युवराजले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा अजितले गोल गर्दै पुलिसलाई ३–१ गोलको स्थितिमा ल्याए । खेलको ८५ औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई ४–१ गोलको जित दिलाए ।

    जितसँगै एपीएपको १२ खेलबाट २० अंक भएको छ । पराजित पुलिसको भने १२ खेलबाट १८ अंक रहेको छ । त्यस्तै, ललितपुरको सातदोबाटोमा मंगलबार नै भएको खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा नै च्यासलका सजिन थापामगरले गोल गर्दै अग्रता दिलाएका थिए ।

    तर सुरुवातमै लिएको अग्रता च्यासलले जोगाउन नसक्दा हार ब्यहोरेको हो । खेलको ८६ औं मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई १–१ गोलको स्थितिमा पु¥याएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा फ्रान्सिस ओकेचुकोले गोल गर्दै सरस्वतीलाई २–१ गोलको जित दिलाएका हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ५ गतेको राशिफल

    आज कार्तिक ५, २०८२ (अक्टोबर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...