News Portal

तपाईंको राशिफल : बि.स. २०७५ साल श्रावण १६ गते बुधवार, तदअनुसार अगष्ट १, २०१८

हिमाली संचार संवाददाता
९३६ पटक

जोतिष नारायणप्रसाद दुलाल,

मेष – पारिवारिक समस्या आइपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । चोटपटक लाग्न सक्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

वृष – कला र गलाको प्रभाव बढ्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

मिथुन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।

कर्कट – दिनको उत्तरार्ध सुखद रहनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

सिंह – विचार गरेर निर्णय लिनु उचित होला । प्रेममा मनमुटाव रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला ।

कन्या – नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला – वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला ।

वृश्चिक – नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

धनु – अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला ।

मकर – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । भाग्योदय हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

कुम्भ – बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन – महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । स्वास्थ्यमा सुधार होला ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...