News Portal

नगरपालिकाका लेखापाल कुटिए

हिमाली संचार संवाददाता
५५२ पटक

लमजुङ : सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीमाथि कुटपिट भएको छ । सोमबार कार्यालय समयमा स्थानीय नवीनकुमार श्रेष्ठसहितले कुटपिट गरेको उनले बताए । उनको नाक, आँखानजिकै र ढाडमा चोट लागेको छ ।

युवा संघ नेपाल सुन्दरबजार नगर कमिटीका संयोजकसमेत रहेका श्रेष्ठसहित २/३ जनाले कार्यकक्षमा आएर कुटपिट गरेको उनले बताए ।

पराजुलीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ‘म कार्यकक्षमै थिएँ । बिहान ११ बजेतिर मलाई बाहिर निस्कन भन्यो । मैले भित्रै आएर कुरा गर्नु भनें । मलाई नटेरेको हो ? भनी भित्र एक्कासी आएर कुटपिट गरे’ उनले भने । लेखापाल पराजुलीसँगै रहेका नासु हुमनाथ पौडेललाई समेत हातपात गरिएको छ ।

नगरपालिकाले औषधिसम्बन्धी २६ लाख ५० हजारबराबरको टेण्डर शनिबार आह्वान गरेको थियो । गत मंसिरमा टेण्डर आह्वान हुँदा ८ जनाको परेको र नवौको फारम च्यातिएपछि रद्द भएको थियो ।

पुन: टेण्डर आह्वान गरिएको थियो। त्यही टेन्डरमा बढी मान्छेको नपार भनेर मलाई दवाव दिन खोजिएको होला । त्यसैले मलाई कुटपिट गरेको होला’ उनले भने । फरार रहेका उनीहरुको खोजी भइरहेको डीएसपी यादव ढकालले बताए ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...