News Portal

नगरपालिकाका लेखापाल कुटिए

हिमाली संचार संवाददाता
५१६ पटक

लमजुङ : सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीमाथि कुटपिट भएको छ । सोमबार कार्यालय समयमा स्थानीय नवीनकुमार श्रेष्ठसहितले कुटपिट गरेको उनले बताए । उनको नाक, आँखानजिकै र ढाडमा चोट लागेको छ ।

युवा संघ नेपाल सुन्दरबजार नगर कमिटीका संयोजकसमेत रहेका श्रेष्ठसहित २/३ जनाले कार्यकक्षमा आएर कुटपिट गरेको उनले बताए ।

पराजुलीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ‘म कार्यकक्षमै थिएँ । बिहान ११ बजेतिर मलाई बाहिर निस्कन भन्यो । मैले भित्रै आएर कुरा गर्नु भनें । मलाई नटेरेको हो ? भनी भित्र एक्कासी आएर कुटपिट गरे’ उनले भने । लेखापाल पराजुलीसँगै रहेका नासु हुमनाथ पौडेललाई समेत हातपात गरिएको छ ।

नगरपालिकाले औषधिसम्बन्धी २६ लाख ५० हजारबराबरको टेण्डर शनिबार आह्वान गरेको थियो । गत मंसिरमा टेण्डर आह्वान हुँदा ८ जनाको परेको र नवौको फारम च्यातिएपछि रद्द भएको थियो ।

पुन: टेण्डर आह्वान गरिएको थियो। त्यही टेन्डरमा बढी मान्छेको नपार भनेर मलाई दवाव दिन खोजिएको होला । त्यसैले मलाई कुटपिट गरेको होला’ उनले भने । फरार रहेका उनीहरुको खोजी भइरहेको डीएसपी यादव ढकालले बताए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...