News Portal

टेबुल कुर्सी फालिएपछि प्रेम सञ्जेल कार्यालय जान छाडे, बिराटनगर श्रम कार्यालयको सेवा प्रभावित

हिमाली संचार संवाददाता
५०० पटक

बिराटनगर : श्रम कार्यालय बिराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलको कार्यकक्षका टेबुल कुर्सी हटाइएको छ । आफ्नो सरुवाको विरोध गर्दै आएका सञ्जेलको कार्यकक्षबाट तत्कालीन निमित्त प्रमुख मणिनाथ गोप टेबुल कुर्सी हटाइदिएका हुन् ।

गत सोमबार आफ्नो सरुवाको विरुद्ध पत्रकार सम्मेलन गरी कार्यालय पुगेका सञ्जेलसँग गोपको विवाद भएको थियो । भष्ट्राचारीका रुपमा आफ्नो नाम लिएको भन्दै गोपले सञ्जेलको कार्यकक्षका टेबल कुर्सी बाहिर फालेका हुन् ।

गोपले कार्यकक्षको टेबुल कुर्सी निकालेपछि सञ्जेल र्फकेर श्रम कार्यालय पुगेका छैनन् । गत सोमबार फालिएका टेबुल कुर्सी र सोफामध्ये कार्यलय सहयोगीले कुर्सी र सोफा भने कार्यकक्षमा ल्याएका छन् । तर, टेबुल भने अझै बाहिरै फालिएको छ ।

गोपको पनि सुरुवा

सञ्जेलको कार्यकक्षको टेबुल कुर्सी बाहिर फाल्ने तत्कालीन निमित्त प्रमुख मणिनाथ गोपको पनि सरुवा भएको छ । करिब पाँच वर्षयता विराटनगर कार्यालय प्रमुखको रुपमा काम गरिरहेका गोपको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग काठमाडौं सरुवा भएको हो ।

बरिष्ठतम अधिकृतको सरुवा भएपछि काम काज गर्ने गरी निमित्त प्रमुखको जिम्मेवारी अधिकृत ताम्रराज काफ्लेलाई दिइएको छ ।

श्रम स्वीकृति पनि प्रभावित

सरुवा विवादले बैदेशिक रोजगारीको श्रम स्वीकृति दिने कार्य पनि प्रभावित छ । पुस १५ गतेबाट बिराटनगरबाट बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने तयारी भएको थियो । तर, कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलको सरुवा र निमित्त प्रमुख मणिनाथ गोपको सरुवाका श्रम स्वीकृतिको काम हुन सकेको छैन ।

बैदेशिक रोजगार बिभागले काठमाडौं बाहिर पहिलोपटक बिराटनगरबाट श्रमस्वीकृत दिने कार्यको थालनी गर्ने तयारी गरेको थियो । तर, प्राविधिक कठिनाइका कारण कार्यक्रम लम्बिएको अधिकृत काफ्लेले बताए । केन्द्रबाट कर्मचारी र मेसिनरी सामाग्री आइपुगेकाले केही दिनभित्रै सुरु गर्ने काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...