News Portal

टेबुल कुर्सी फालिएपछि प्रेम सञ्जेल कार्यालय जान छाडे, बिराटनगर श्रम कार्यालयको सेवा प्रभावित

हिमाली संचार संवाददाता
४५१ पटक

बिराटनगर : श्रम कार्यालय बिराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलको कार्यकक्षका टेबुल कुर्सी हटाइएको छ । आफ्नो सरुवाको विरोध गर्दै आएका सञ्जेलको कार्यकक्षबाट तत्कालीन निमित्त प्रमुख मणिनाथ गोप टेबुल कुर्सी हटाइदिएका हुन् ।

गत सोमबार आफ्नो सरुवाको विरुद्ध पत्रकार सम्मेलन गरी कार्यालय पुगेका सञ्जेलसँग गोपको विवाद भएको थियो । भष्ट्राचारीका रुपमा आफ्नो नाम लिएको भन्दै गोपले सञ्जेलको कार्यकक्षका टेबल कुर्सी बाहिर फालेका हुन् ।

गोपले कार्यकक्षको टेबुल कुर्सी निकालेपछि सञ्जेल र्फकेर श्रम कार्यालय पुगेका छैनन् । गत सोमबार फालिएका टेबुल कुर्सी र सोफामध्ये कार्यलय सहयोगीले कुर्सी र सोफा भने कार्यकक्षमा ल्याएका छन् । तर, टेबुल भने अझै बाहिरै फालिएको छ ।

गोपको पनि सुरुवा

सञ्जेलको कार्यकक्षको टेबुल कुर्सी बाहिर फाल्ने तत्कालीन निमित्त प्रमुख मणिनाथ गोपको पनि सरुवा भएको छ । करिब पाँच वर्षयता विराटनगर कार्यालय प्रमुखको रुपमा काम गरिरहेका गोपको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग काठमाडौं सरुवा भएको हो ।

बरिष्ठतम अधिकृतको सरुवा भएपछि काम काज गर्ने गरी निमित्त प्रमुखको जिम्मेवारी अधिकृत ताम्रराज काफ्लेलाई दिइएको छ ।

श्रम स्वीकृति पनि प्रभावित

सरुवा विवादले बैदेशिक रोजगारीको श्रम स्वीकृति दिने कार्य पनि प्रभावित छ । पुस १५ गतेबाट बिराटनगरबाट बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने तयारी भएको थियो । तर, कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलको सरुवा र निमित्त प्रमुख मणिनाथ गोपको सरुवाका श्रम स्वीकृतिको काम हुन सकेको छैन ।

बैदेशिक रोजगार बिभागले काठमाडौं बाहिर पहिलोपटक बिराटनगरबाट श्रमस्वीकृत दिने कार्यको थालनी गर्ने तयारी गरेको थियो । तर, प्राविधिक कठिनाइका कारण कार्यक्रम लम्बिएको अधिकृत काफ्लेले बताए । केन्द्रबाट कर्मचारी र मेसिनरी सामाग्री आइपुगेकाले केही दिनभित्रै सुरु गर्ने काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...