News Portal

मोरङको कानेपाेखरी २ स्थित गेउरीया पुल ४ बर्ष देखि अलपत्र

हिमाली संचार संवाददाता
६१५ पटक

रबिन्द्र बराल
माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुल बिगत ४ बर्ष देखि अलपत्र अबस्थामा रहेको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता पनि हालसम्म उक्त पुलकाे ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडेपछि स्थानीयलाई वर्षायाममा अाबतजावतमा समस्या रहेको छ ।

१० दिन १५ दिन काम गर्ने ठेक्केेेेदार अाएता पनि उनिहरु कामै नगरी छाेडेर हिडने गरेको स्थानीय दुर्गा रेग्मीले बताए । हिउँदमा सर्वसाधारणहरुलाई अावतजावत गर्ने सहज भएता पनि वर्षायाममा दलेली हुदै नहरकाे साधुराे बाटाे भएर ५ किलोमिटर टाढाबाट जानुपर्ने बाध्यता रहेको स्थानीय देव लाल ऋिषिदेव बताउँछन् ।

गेउरीया पुल नजिकै बस्दै अाएकि धनमाया परियारले भनिन वर्षायाम सुरु भएपछि स-साना छाेराछाेरी हरुलाई विद्यालय पठाउन समेत समस्या हुने गरेकाे बताईन । वडा नम्बर २ का वडाध्यक्ष सुशील वुढाथाेकीले भने अाफुहरुले समेत उक्त पुलकाे काम ढिलाई भएको जानकारी सडक बिभागमा जानकारी समेत गरि सकेकाे तर अहिलेसम्म कसैले पनि चासाे नदेखिएको बताए ।

कन्ट्रकस्नका सराउद्घिनले भने अाफुले कलकत्ताबाट प्राबिधिक ल्याईसकेकाे र साता दिन भित्र काम सुरु हुने समेत बताए ।

रंगेली देखि कानेपाेखरी हुलाकी सडक निर्माण कार्यमा सडकमा पर्ने अधिकान्स ठाउँमा कल्भट निर्माण भई सकेर सडकमा माटाे हाल्ने काम सुरु भई सकेत पनि गेउरीया पुल भने अहिलेसम्म पनि निर्माण हुन सकेको छैन।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले साे सडक कालोपत्रे गर्नेकाम सुरु गरी सकेेेकाेे छ । साे सडक खन्ड रंगेली देखि कानेपाेखरी सम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ ।

उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पान्न गरिने सम्झौता भएको हुनाले अहिले द्रुतगतिमा काम समेत भईरहेको र गेउरीया पुल निर्माण नहुदाँ ड्राइभेसनबाट ठुलाे गाडीमा संन्चालन गर्ने अत्यन्तै समस्या रहेको समेत बताए । माघ १५ गतेदेखि कालोपत्रेकाे काम सुरु हुने प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...