News Portal

मोरङको कानेपाेखरी २ स्थित गेउरीया पुल ४ बर्ष देखि अलपत्र

हिमाली संचार संवाददाता
५७४ पटक

रबिन्द्र बराल
माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुल बिगत ४ बर्ष देखि अलपत्र अबस्थामा रहेको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता पनि हालसम्म उक्त पुलकाे ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडेपछि स्थानीयलाई वर्षायाममा अाबतजावतमा समस्या रहेको छ ।

१० दिन १५ दिन काम गर्ने ठेक्केेेेदार अाएता पनि उनिहरु कामै नगरी छाेडेर हिडने गरेको स्थानीय दुर्गा रेग्मीले बताए । हिउँदमा सर्वसाधारणहरुलाई अावतजावत गर्ने सहज भएता पनि वर्षायाममा दलेली हुदै नहरकाे साधुराे बाटाे भएर ५ किलोमिटर टाढाबाट जानुपर्ने बाध्यता रहेको स्थानीय देव लाल ऋिषिदेव बताउँछन् ।

गेउरीया पुल नजिकै बस्दै अाएकि धनमाया परियारले भनिन वर्षायाम सुरु भएपछि स-साना छाेराछाेरी हरुलाई विद्यालय पठाउन समेत समस्या हुने गरेकाे बताईन । वडा नम्बर २ का वडाध्यक्ष सुशील वुढाथाेकीले भने अाफुहरुले समेत उक्त पुलकाे काम ढिलाई भएको जानकारी सडक बिभागमा जानकारी समेत गरि सकेकाे तर अहिलेसम्म कसैले पनि चासाे नदेखिएको बताए ।

कन्ट्रकस्नका सराउद्घिनले भने अाफुले कलकत्ताबाट प्राबिधिक ल्याईसकेकाे र साता दिन भित्र काम सुरु हुने समेत बताए ।

रंगेली देखि कानेपाेखरी हुलाकी सडक निर्माण कार्यमा सडकमा पर्ने अधिकान्स ठाउँमा कल्भट निर्माण भई सकेर सडकमा माटाे हाल्ने काम सुरु भई सकेत पनि गेउरीया पुल भने अहिलेसम्म पनि निर्माण हुन सकेको छैन।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले साे सडक कालोपत्रे गर्नेकाम सुरु गरी सकेेेकाेे छ । साे सडक खन्ड रंगेली देखि कानेपाेखरी सम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ ।

उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पान्न गरिने सम्झौता भएको हुनाले अहिले द्रुतगतिमा काम समेत भईरहेको र गेउरीया पुल निर्माण नहुदाँ ड्राइभेसनबाट ठुलाे गाडीमा संन्चालन गर्ने अत्यन्तै समस्या रहेको समेत बताए । माघ १५ गतेदेखि कालोपत्रेकाे काम सुरु हुने प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...