News Portal

ललित पि.आर.को गीतमा रामजी र पुर्णकलाको उत्कृष्ट स्वरको “यो मुटुको धड्कन” बजारमा (भिडियो)

हिमाली संचार संवाददाता
१३४८ पटक

काठमाडौं : अक्सार फिल्मस प्रालिको प्रस्तुतिमा बहुचर्चित कलाकारद्वय रामजी खाँड र पुर्णकला बिसीको समधुर स्वरमा रहेको “यो मुटुको धड्कन” बजारमा आएको छ।

यस गीतमा मधु शाहीको शब्द रहेको छ भने ललित पि.आर.ले म्युजिक भरेका छन। सुर्खेतको सिम्ताली माटोमा जन्मिएका ललित आफैमा गायक पनि हुन। “मलामी आउने भए, यो मुटुको धड्कन, मन मिल्यो भने पिरती गासौला सोल्टिनी ज्यु, दिन पनि रात झै लाग्छ अध्यारो, याद, आउन माया, मनको आवाज लगायत उनका थुप्रै गीतहरू बजारमा आईसकेका छन भने केही आउने तयारीमा रहेका छन।

गीतसंगीत मेरो मनमुटुमा भिजिसक्यो बाचुन्जेल गीतसंगीतलाई उच्च सम्मानका साथ निरन्तरता दिइरहने ललितले बताए। उनले गीतसंगीतकै लागि अधिकांश समय दिने गरेको समेत बताए। मेरो रगतमा गीतसंगीतको नशा चढिसक्यो ममा भएको कलाकारितालाई संसारसामु देखाएरै छाड्ने हिमाली संचारसंगको कुराकानीमा बताए।

विवेक बिकको निर्देशनमा आरजे सोनी, निरज र सबिता रानाले अभिनय गरेको यस गीतको भिडियो रेशम दर्लामीले छयान्कन गरेका हुन। रबिन बिकको सम्पादनमा तयार पारीएको उक्त गीतको भिडियोलाई अक्सार फिल्मसकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...