News Portal

ललित पि.आर.को गीतमा रामजी र पुर्णकलाको उत्कृष्ट स्वरको “यो मुटुको धड्कन” बजारमा (भिडियो)

हिमाली संचार संवाददाता
१४१० पटक

काठमाडौं : अक्सार फिल्मस प्रालिको प्रस्तुतिमा बहुचर्चित कलाकारद्वय रामजी खाँड र पुर्णकला बिसीको समधुर स्वरमा रहेको “यो मुटुको धड्कन” बजारमा आएको छ।

यस गीतमा मधु शाहीको शब्द रहेको छ भने ललित पि.आर.ले म्युजिक भरेका छन। सुर्खेतको सिम्ताली माटोमा जन्मिएका ललित आफैमा गायक पनि हुन। “मलामी आउने भए, यो मुटुको धड्कन, मन मिल्यो भने पिरती गासौला सोल्टिनी ज्यु, दिन पनि रात झै लाग्छ अध्यारो, याद, आउन माया, मनको आवाज लगायत उनका थुप्रै गीतहरू बजारमा आईसकेका छन भने केही आउने तयारीमा रहेका छन।

गीतसंगीत मेरो मनमुटुमा भिजिसक्यो बाचुन्जेल गीतसंगीतलाई उच्च सम्मानका साथ निरन्तरता दिइरहने ललितले बताए। उनले गीतसंगीतकै लागि अधिकांश समय दिने गरेको समेत बताए। मेरो रगतमा गीतसंगीतको नशा चढिसक्यो ममा भएको कलाकारितालाई संसारसामु देखाएरै छाड्ने हिमाली संचारसंगको कुराकानीमा बताए।

विवेक बिकको निर्देशनमा आरजे सोनी, निरज र सबिता रानाले अभिनय गरेको यस गीतको भिडियो रेशम दर्लामीले छयान्कन गरेका हुन। रबिन बिकको सम्पादनमा तयार पारीएको उक्त गीतको भिडियोलाई अक्सार फिल्मसकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...