News Portal

  • प्रधानमन्त्री डा. ओली भन्छन – ´अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता` बोलाएर भए पनि निर्मलाको हत्यारा खोज्छु !

    हिमाली संचार संवाददाता
    ५१६ पटक

    काठमाडौं : प्रधानमन्त्री डा. केपी शर्मा ओलीले ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने अनलाइनखबरले समाचार लेखेको छ । प्रधानमन्त्री डा. ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन् ।

    ‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको छ,’ नेकपा नेता योगेश भट्टराईले भने, ‘आवश्यक पर्‍यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँछु भन्नुभएको छ ।

    गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि जनस्तरबाट आलोचना भइरहेको छ ।

    नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री डा. ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिए ।

    देउवाले भनेपछि अब वाइडबडीमा छानविन !

    यसैवीच सरकारले अब वाइडबडी विमान खरिद प्रकरणमा पनि छानविन कमिटी बनाउने भएको छ। छानविन कमिटी गठनसँगै विमान खरिद कार्यमा संलग्न वायुसेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतका कतिपय सरकारी अधिकारीहरु निलम्बनमा पर्न सक्ने देखिएको छ ।

    महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिद प्रकरणमा अनियमितता भएको ठोकुवा गरिसकेको अवस्थामा अहिले संसदीय समितिले यसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् । तर, सम्बन्धित मन्त्रालय भने यसबारे अहिलेसम्म निरीह रुपमा प्रस्तुत भइरहेको छ ।

    यसै क्रममा बुधबार संसदको हिउँदे अधिवेशन उदघाटनमा मन्तव्य दिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समेत बाइडबडी विमान खरीद प्रकरणमा छानविन हुनुपर्ने माग गरेका थिए । देउवाले छानविनको माग गरेलगत्तै प्रधानमन्त्री डा. ओली वाइडबडी खरीदबारे छानविनका लागि तयार भएका हुन् ।

    यसबारे जानकारी दिँदै नेकपा नेता योगेशले भने– ‘वाइडबडीका सन्दर्भमा प्रतिपक्षी दलका नेताले संसदमा नै छानविनको माग गर्नुभएको छ, प्रधानमन्त्रीले त्यसो हो भने मैले छानविन गराउँछु भन्नुभएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...