News Portal

प्रधानमन्त्री डा. ओली भन्छन – ´अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता` बोलाएर भए पनि निर्मलाको हत्यारा खोज्छु !

हिमाली संचार संवाददाता
६१५ पटक

काठमाडौं : प्रधानमन्त्री डा. केपी शर्मा ओलीले ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने अनलाइनखबरले समाचार लेखेको छ । प्रधानमन्त्री डा. ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन् ।

‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको छ,’ नेकपा नेता योगेश भट्टराईले भने, ‘आवश्यक पर्‍यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँछु भन्नुभएको छ ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि जनस्तरबाट आलोचना भइरहेको छ ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री डा. ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिए ।

देउवाले भनेपछि अब वाइडबडीमा छानविन !

यसैवीच सरकारले अब वाइडबडी विमान खरिद प्रकरणमा पनि छानविन कमिटी बनाउने भएको छ। छानविन कमिटी गठनसँगै विमान खरिद कार्यमा संलग्न वायुसेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतका कतिपय सरकारी अधिकारीहरु निलम्बनमा पर्न सक्ने देखिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिद प्रकरणमा अनियमितता भएको ठोकुवा गरिसकेको अवस्थामा अहिले संसदीय समितिले यसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् । तर, सम्बन्धित मन्त्रालय भने यसबारे अहिलेसम्म निरीह रुपमा प्रस्तुत भइरहेको छ ।

यसै क्रममा बुधबार संसदको हिउँदे अधिवेशन उदघाटनमा मन्तव्य दिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समेत बाइडबडी विमान खरीद प्रकरणमा छानविन हुनुपर्ने माग गरेका थिए । देउवाले छानविनको माग गरेलगत्तै प्रधानमन्त्री डा. ओली वाइडबडी खरीदबारे छानविनका लागि तयार भएका हुन् ।

यसबारे जानकारी दिँदै नेकपा नेता योगेशले भने– ‘वाइडबडीका सन्दर्भमा प्रतिपक्षी दलका नेताले संसदमा नै छानविनको माग गर्नुभएको छ, प्रधानमन्त्रीले त्यसो हो भने मैले छानविन गराउँछु भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...