News Portal

दाङ बस दुर्घटनाबाट बाँच्ने ‘भाग्यमानी’ विद्यार्थीहरुको कथा !

हिमाली संचार संवाददाता
६४१ पटक
काठमाडौं : दाङको शहिद कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालय यसै वर्षदेखि सञ्चालनमा आएको हो । आफ्नै क्षेत्रमा खोलिएको विद्यालयमा प्राविधि शिक्षा हासिल गर्नका लागि दाङ मात्र नभएर रुकुम, रोल्पा अछामसम्मबाट एसइई पास गरेका विद्यार्थीहरु दाङ सदरमुकाम झरेका थिए ।

पहिलो ब्याज भए पनि फरेस्टी पढ्नेहरुको चाप राम्रै थियो । पुस ६ गते फरेस्टीका विद्यार्थी व्यवहारिक शिक्षाका लागि सल्यानस्थित मुलपानीमा रहेको वनस्पति उद्दानको अवलोकनका लागि बा ४ ख ९७६६ नम्बरको बसमा हुइकिए । बसमा २ शिक्षक, ३२ विद्यार्थी र गाडीका ३ जना कर्मचारी थिए । उनीहरु अवलोकन पनि सकेर फर्किए । दाङ सदरमुकाम तुलसीपुर पुग्न केही किलोमिटरमात्रै बाँकी थियो । सबै जना रोमान्टिक मुडमा थिए । कोही अगाडिको सिटमा गीत गाएर रमाउँदै थिए भने कोही पछाडिको सिटमा मस्त निद्रामा थिए ।

बसले तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने ठाउँको घुम्ती काट्दै थियो । अचानक बस ठोक्कियो र बेस्सरी हल्लियो । चन्दनाथ नगरपालिका–२ जुम्लाका १७ वर्षीय जीवन भण्डारीले यत्ति थाहा पाए । अर्कोपटक पनि थाहा पाए । त्यतिबेला उनलाई अनकन्टार भिरालो खोलाको किनारमा उभिएजस्तो लाग्छ । उनले भने, बचाउ ! बचाउ ! तेस्रोपटक थाहा पाउँदा उनी काठमाडौंको ट्रमा सेन्टरको बेडमा लडिरहेका थिए । भण्डारीले थाहा पाउँदासम्म ७०० मिटर तल खसेको बसका उनका साथी दुई शिक्षक तीन चालकसहित २३ जनाको मृत्यु भइसकेको थियो भने १२ जना उनीसँगै ट्रमा सेन्टरमा उपचाररत थिए ।

चन्दननाथ नगरपालिका–२ जुम्लाका जीवन भाग्यबस सात सय मिटर तल झर्न पाएनन् । बसबाट उछिट्टिएर भीरमै अल्झिए । त्यसैले उनी त्यति धेरै सिरियस छैनन् । तर, उनको शरीरभरि चोटै चोट छन् । उनीभन्दा भाग्यमानी साथी कुशेन्द्र खत्री रहेछन् । उनी वान्ता गर्नका लागि टाउको बाहिर निकालेर बसेका थिए । त्यही बेला बस घुम्तीमा नघुमेर सिधै भीरतिर झर्‍यो । उनले रुखको डाली समाउन पाए, अनि सकुशल भए । तर, जुम्लाबाट फरेस्टी पढ्न आएका उनका १२ जना साथी भने सधैंका लागि उनलाई छाडेर गइसकेका छन् ।

ट्रमा सेन्टरकै बेडमा अछामका १६ वर्षीय भद्र विष्ट घाँटीसम्म ब्लाङ्केट ओडेर सुतेका छन् । खुइलिएको टाउको र अनुहारभरि चोट देखिन्छ । उनका पनि औँला र खुट्टाको हाड फुटेका छन् । ट्रमा सेन्टरको पाँचौं तलाको बेडमा १६ वर्षीया रोजिना पुन मगर शरीरभरि चोट बोकेर लडिरहेकी छिन् । उनका खुट्टा कोतरिएका छन्, अनुहारको छाला खुइलिएको छ । हिपमा निकै ठूलो चोट छ । शरीरमा त्यस्तो कुनै खाली भाग छैन, जहाँ चोट नलागेको होस् ।

तर, सानीभेरी रुकुमकी रोजिनालाई बेहिसाव चोटको प्रवाह छैन । यतिसम्म कि अहिलेसम्म दुर्घटना भएको पनि थाहा पाएकी छैनिन् । यतिबेला उनलाई कुन ठाउँमा के गरिरहेछिन् भन्नेसमेत हेक्का छैन । निदाइ मात्र रहन्छिन्, कति–कति बेला बोल्छिन् । बरु उनकी आमा लक्ष्मी पुनलाई यो सब घटनाले ठूलो चोट दिएको छ । उनको चोट आँखाबाट छचल्किन्छ र भन्छिन्, ‘अहिलेसम्म केही स्वर नै पाएकी छैन । उसको कुनै होस नै छैन । हामीले केही जानकारी पनि दिन सकेका छैनौँ ।’

बस झर्दै गर्दा आधा भीरतिर नपुग्दै बस दुई फ्याक भयो । र, रोजिना त्यही भीरमा उछिटिइन् । अहिले उनी ट्रमा सेन्टरको बेडमा छिन् । शुक्रबार उनलाई भेट्दा आमाबुवा हिपको अप्रेशनको तयारीमा थिए । ट्रमा सेन्टरको छैठौं तलामा छिर्ने वित्तिकै बायाँतर्फको बेडमा देखिन्छिन्, बंगालापुरी–१, दाङकी १६ वर्षीय मेनुका रिजाल । बस बजारिने जमीनभन्दा करिव एक सय मिटर माथिको दाउरामा नअल्झिएको भए सायद उनी अहिले ट्रमा सेन्टरको बेडमा हुन्नथिन् ।

मेनुका राम्रैसँग बोल्छिन् । उनको टाउकामा अहिले टाँकाले भरिएको छ । भाँचिएको दाहिने हातमा लामो प्लास्टर छ, करङका पाँचवटा हाड भाँचिएका छन् । उनलाई कुरेर छेउमै बसेका बाबा दोमाकान्त रिजाल भन्छन्, ‘डाक्टरले करङको हाडको अप्रेशन गर्नुपर्दैन भनेका छन् । खै, यत्तिकै निको हुन्छ कि हुँदैन । अर्का एकजना भने आइसियुमा अहिले पनि अचेत अवस्थामा छन् । दुर्घटना भएको भोलिपल्ट उनीहरुलाई हेलिकप्टरमा राखेर ट्रमा सेन्टर ल्याइएको थियो । १२ जनामध्ये सात घाइते अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । उनीहरु सबैको उपचार सीटीइभीटीले गरिदिएको बिरामीका आफन्त बताउँछन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...