News Portal

अमेरिकी राष्ट्रपति ट्रम्प इराक

हिमाली संचार संवाददाता
८९२ पटक

बग्दाद-  युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ, तर राष्ट्रपतिको यस कदमले इराकी नेताहरुलाई क्रोधित बनाएको छ । उनीहरुले इराकबाट अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनासँग इराकको अल–असद हवाई अखडामा बुधबार भेट गरेका थिए । राष्ट्रपति ट्रम्पले सुटुक्क गर्नुभएको भ्रमणलाई इराकी सांसदहरुले ‘दम्भपूर्ण’ र ‘राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन’ भनी व्याख्या गरेका छन् ।

अमेरिकी राष्ट्रपतिहरुबाट युद्धग्रस्त क्षेत्रमा हुने भ्रमणलाई प्रायः गोप्य राखिने प्रचलन छ, र ट्रम्पको सवालमा पनि यही भएको बताइन्छ । अमेरिकी राष्ट्रपतिले इराक छाड्नु केही मिनेटअघि मात्र केही व्यक्तिलाई राष्ट्रपति ट्रम्प इराकमा रहेको जानकारी थियो ।

तर राष्ट्रपति ट्रम्पको यस पटकको आकस्मिक भ्रमणलाई लिएर इराकमा राजनीतिक विवाद उत्पन्न भएको छ ।

करिब तीन घण्टा हवाई अखडामा बिताएका राष्ट्रपति ट्रम्पले सैनिकहरुलाई सम्बोधन गर्दै इस्लामिक स्टेट समूह समाप्त भएको बताएका थिए । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने आफ्नो निर्णय सही भएको उनले दाबी गरेका थिए । उनले भने, ‘हामीलाई अरु देशले बल्ल देशको मान्यता दिन थालेका छन्, हामी अरुमाथि राज्य गर्ने मुलुक होइनौं ।’

तर ट्रम्पको भ्रमणप्रति इराकी सांसदहरुले बिरोध गर्न थालेका छन् । ‘ट्रम्पले आफ्ना सीमाको विचार गर्नु पर्दछ । इराकमाथि अमेरिकी अतिक्रमण अब सकिएको छ,’ इराकी सांसद सबाह अल–सैदीले बताए । ट्रम्प सुटुक्क इराक आएकोप्रति रोश प्रकट गर्दै उनले भने, ‘मानौं, इराक संयुक्तराज्य अमेरिकाकै एउटा राज्य हो ।’

ट्रम्पले इराकका कुनै पनि उच्च अधिकारीसँग भेटघाट गरेनन् । तर उनले इराकी प्रधानमन्त्री अदेल अब्दुल–महादीसँग अन्तिम समयमा फोनमा कुरा गरेका थिए । इराकी प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको भेटघाट भेट्ने ठाउँका बारेमा विमति रहेका कारण अन्तिम समयमा रद्द गरिएको जनाएको छ ।

इराकको संसदले इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने प्रस्ताव पारित गर्ने बारेमा पटकपटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन ।

बग्दादबाट करिब १०० किलोमिटर पश्चिमको हवाई अखडामा तीन घण्टा बिताएका राष्ट्रपति ट्रम्पले इराकमा तैनाथ करिब पाँच हजार २०० अमेरिकी सैनिक स्वदेश फिर्ता गर्ने कुनै योजना नरहेको बताएका थिए । उनले ऐन अल–असद हवाई अखडालाई आवश्यक परेको खण्डमा सिरियाभित्र हवाई आक्रमण गर्न प्रयोग गरिने बताए ।

‘रुसी वा इरानी मामिलामा अमेरिकी स्वार्थलाई भरथेग गर्न इराकलाई प्लेटफर्मका रुपमा प्रयोग गरिनु हुन्न,’ संसदमा अल–सैदी इस्लाह समूहका वरिष्ट सांसद हकिम अल–जामिलीले बताए ।

इस्लामिक स्टेट समूह विरुद्धको गठबन्धनकै एक हिस्साका रुपमा अमेरिकी सैनिकहरु इराकमा तैनाथ छन् । अमेरिकी सैनिकहरु सन् २०११ मा इराकबाट फिर्ता भएका थिए तर इराक सरकारको आमन्त्रणमा जिहादी समूहसँगको लडाइँमा मद्दत गर्न सन् २०१४ मा पुनः इराक फर्किएका थिए । –एपी

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...