News Portal

अनुयायीलाई वेपत्ता पारेको भन्दै बम्जनबिरुद्ध बारा प्रहरीमा उजुरी दर्ता

हिमाली संचार संवाददाता
६९० पटक

कृष्ण सिग्देल
सिमरा : तपस्वीको रुपमा चर्चामा आएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी परेको छ । आफ्नै अनुयायीलाई ३ वर्षदेखि वेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा बिहीबार उजुरी दर्ता भएको हो ।

जितपुर सिमरा उपमहागर–१८ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगर लामो समयदेखि अनुयायी भएर बम्जनसँग बस्दै आएका थिए । तर, ३ वर्ष यता पूर्णरुपमा सम्पर्कबिहीन भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

परिवारका सदस्यहरुका अनुसार उनी बेलाबेला आउने गर्थे र ५/७ दिन बसेर फर्किने गरेका थिए । बम्जनका अनुयायी भएपछि लामा पोशाक लगाउन थालेका सुरेश अन्तिम पटक २०७२ जेठ पहिलो साता घर आएका थिए । फेरि जाने नजाने दोधारमा रहेको बेला बम्जनका विश्वास पात्र मानिएका जसबहादुर वाइवाले फकाएर लगेको र त्यसबेलादेखि सम्पर्कविहीन रहेको उजुरीमा उल्लेख छ ।

‘उ जिउँदो छ या मृत्यु भयो केही थाहा छैन । हाम्रो छोरा वेपत्ता पारिएको छ,’ बाबु हस्तबहादुर आलेले भने, ‘उसको अत्तोपत्तो भएन, एकपटक बम्जनको आश्रम हलखोरिया काठमाडौंसम्म पुग्दा त्यहाँ रहेकाहरुले सुरेशले आश्रम छाडेर गएको बताए ।’
बम्जनले नै सुरेशलाई बेपत्ता पारेको भन्दै हजुरबा र बाबुआमाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...