News Portal

  • तपाईंको राशिफल : आज २०७५ साल पुस १३ गते शुक्रबार, तदअनुसार २८ डिसेम्बर २०१८

    हिमाली संचार संवाददाता
    ४९८ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अस्वस्थताले कमजोर महसुस हुनेछ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुहोला। शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। बन्धु–बान्धव पनि नजिकिनेछन्।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। सहयोगीहरू पछि हट्न सक्छन्। आँटेको काममा पनि केही व्यवधान हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आलस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्वाकांक्षी योजना गोप्य राख्नु बुद्धिमानी हुनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। पार्टी–भोजको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको कामसमेत सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको प्रतिफल प्राप्त हुनेछ। टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ। घरायसी काम भने रोकिन सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइने परिस्थिति देखिन्छ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। तापनि, मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। सामाजिक दायित्व पनि बढ्नेछ। लगनशीलताले विशेष उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ। केही चुनौतीहरू देखिनेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गङगाजमुना ५ फूलखर्क ठोट्ने पानीमा शन्तानेश्वर महादेब मन्दिरको उदघाटन सप्पन्

    गङगाजमुना -कात्तिक २०८२ कात्तिक ९ गते आइतबार पंन्चमी तिथीको दिन ठोट्नेपानीमा निर्मित श्री पशुपतिनाथ शन्तानेश्वर माहादेब...

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...