News Portal

राजदूत शेर्पाबारेको प्रतिवेदन गुपचुप

हिमाली संचार संवाददाता
६०१ पटक

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको बारेमा परराष्ट्र मन्त्रालयको छानबिन टोलीले तयार पारेको प्रतिवेदन अहिले गुपचुप पारिएको छ । छानिबन समितिले गएको सोमबार सो सम्बन्धी प्रतिवेदन सचिव शंकर बैरागीलाई बुझाएको थियो । राजदूत शेर्पा करिब २ साता अघि देखि नेपालमै रहेकी छन् ।

छानबिन समितिका एक सदस्यले बाह्रखरीसँगको कुराकानीमा आफूहरुले प्रतिवेदन सचिवलाई बुझाइसकेको र राजनीतिक तहबाट सो सम्बन्धमा के निर्णय हुन्छ आफूलाई थाहा नभएको बताए ।

हामीले सबैपक्षसँग कुरा गरेर प्रतिवेदन बुझाएका छौं, उनले भने । प्रतिवेदनमा यसै गर्ने भनेर किटान नगरिएपनि संकेत भने गरिएको छ । सरकारले के निर्णय गर्छ त्यो हामीलाई थाहा हुँदैन ।

राजदूत शेर्पालाई पैसा खाएर ड्राइभरलाई अष्ट्रेलिया लगिएको आरोप लागेको थियो । परराष्ट्र मन्त्रालयका  प्रशासन महाशाखा प्रमुख मणि भट्टराई, अस्ट्रेलिया समेत हेर्ने महाशाखा प्रमुख तापस अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी सम्मिलित टोलीले सो सम्बन्धमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो ।

समितिले राजदूतलाई आरोप लगाउने वाङ्छु शेर्पाको बयानपनि समेटेको बताइएको छ । प्रतिवेदन परराष्ट्र मन्त्री समक्ष समेत पुगिसकेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको  छ ।

उनले पार्टीको उच्च नेतृत्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परामर्शमा आवश्यक निर्णय लिन सक्ने स्रोतले बताएको छ ।

परराष्ट्र मन्त्रालयले केही भनेको छ कि भन्ने बारेमा राजदूत शेर्पासँग बुधबार बाह्रखरीले जिज्ञासा राख्दा उनले भनिन्,‘‘ केही पनि भनेको छैन । म राजधानीबाट थोरै बाहिर छु । प्रतिवेदनका बारेमा मन्त्रालयसँग नै बुझ्नु होला ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...