News Portal

राजदूत शेर्पाबारेको प्रतिवेदन गुपचुप

हिमाली संचार संवाददाता
५६५ पटक

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको बारेमा परराष्ट्र मन्त्रालयको छानबिन टोलीले तयार पारेको प्रतिवेदन अहिले गुपचुप पारिएको छ । छानिबन समितिले गएको सोमबार सो सम्बन्धी प्रतिवेदन सचिव शंकर बैरागीलाई बुझाएको थियो । राजदूत शेर्पा करिब २ साता अघि देखि नेपालमै रहेकी छन् ।

छानबिन समितिका एक सदस्यले बाह्रखरीसँगको कुराकानीमा आफूहरुले प्रतिवेदन सचिवलाई बुझाइसकेको र राजनीतिक तहबाट सो सम्बन्धमा के निर्णय हुन्छ आफूलाई थाहा नभएको बताए ।

हामीले सबैपक्षसँग कुरा गरेर प्रतिवेदन बुझाएका छौं, उनले भने । प्रतिवेदनमा यसै गर्ने भनेर किटान नगरिएपनि संकेत भने गरिएको छ । सरकारले के निर्णय गर्छ त्यो हामीलाई थाहा हुँदैन ।

राजदूत शेर्पालाई पैसा खाएर ड्राइभरलाई अष्ट्रेलिया लगिएको आरोप लागेको थियो । परराष्ट्र मन्त्रालयका  प्रशासन महाशाखा प्रमुख मणि भट्टराई, अस्ट्रेलिया समेत हेर्ने महाशाखा प्रमुख तापस अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी सम्मिलित टोलीले सो सम्बन्धमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो ।

समितिले राजदूतलाई आरोप लगाउने वाङ्छु शेर्पाको बयानपनि समेटेको बताइएको छ । प्रतिवेदन परराष्ट्र मन्त्री समक्ष समेत पुगिसकेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको  छ ।

उनले पार्टीको उच्च नेतृत्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परामर्शमा आवश्यक निर्णय लिन सक्ने स्रोतले बताएको छ ।

परराष्ट्र मन्त्रालयले केही भनेको छ कि भन्ने बारेमा राजदूत शेर्पासँग बुधबार बाह्रखरीले जिज्ञासा राख्दा उनले भनिन्,‘‘ केही पनि भनेको छैन । म राजधानीबाट थोरै बाहिर छु । प्रतिवेदनका बारेमा मन्त्रालयसँग नै बुझ्नु होला ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...