News Portal

तपाईंको राशिफल : आज २०७५ साल पौष १२ गते बिहीवार, तदअनुसार २७ डिसेम्बर २०१८

हिमाली संचार संवाददाता
५१४ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ। अलमल तथा ढिलासुस्तीले लक्ष्यमा पुग्न बाधा हुनेछ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। सुरुमा काम बिग्रनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। अग्रजहरूको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आत्तिने बानीले समस्या निम्त्याउन सक्छ। अवसर प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा व्यावहारिक चुनौती आउन सक्छन्। प्रतिस्पर्धी बढ्नेछन्। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। आस लागेको काम बिग्रनाले लक्ष्यमा बाधा पुग्न सक्छ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ। पछिका लागि भने विभिन्न अवसर फेला पर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानी बढ्नाले नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। पेसा र व्यापारमा राम्रै लाभांश हातलागी हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो प्रगति हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल पनि प्राप्त हुने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अप्ठ्यारो परिस्थितिबाट लक्ष्यमा पुग्न निकै मिहिनेत गर्नुपर्नेछ। आफन्त र सहयोगीहरूको भर नपर्नुहोला। मिहिनेतले चुनौती पार लगाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। वातावरण अनुकूल देखिए पनि लगनशीलताले मात्र प्रतिफल दिलाउनेछ। समयमा लाभ उठाउने चेष्टा नगर्दा पछि परिएला। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार र अतिथिका रूपमा सत्कार पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। शत्रुबाधा, मुद्दामामिला र वादविवाद समेत सामना गर्नुपर्ने हुन सक्छ। साझेदारीमा केही विवाद आउन सक्छ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला। प्रतिस्पर्धीहरूले काममा बाधा पुर्याउने चेष्टा गर्नेछन्। तापनि काम बन्नाले उत्साह जाग्नेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...