News Portal

स्वास्थ चौकीका कर्मचारी अनुपस्थित, स्थानीय मर्कामा !

हिमाली संचार संवाददाता
६०२ पटक

कृष्ण प्रसाद अधिकारी
दैलेख : दैलेखको पुर्वमा पर्ने भगवतीमाई गाउँपालिका वडा न ३ मेहेल्तोलीको बिदानेमा रहेको स्वास्थ चौकीमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । स्वास्थ्य चौकीमा १ जना एचए, २ जना अहेब २, अनमी १ जना कार्यलय सहयोगी गरी ६ जनाको दरबन्दी भएपनि दरबन्दी अनुसारका अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकीका इन्चार्ज सागर बस्नेतले बताए ।

गाउँपालिकाले अनमी न्युक्ति गरेको १ महिना भई सक्दा समेत अनमी कार्यलयमा हाजिर नभएको इन्चार्ज बस्नेतको भनाई छ । यता लोक सेवा पास गरेर आएकी अनमीलाई काजमा जिल्ला अस्पताल तानीएको उहाँको भनाई छ । गाउँपालिकाले न अनमी पठाउँछ न कार्यलयमा चिठी नै पठाउँछ, बस्नेतले भने । स्वास्थ चौकीमा कार्यरत रहेकी अनमी पनि गर्भवती भएको कारण सेवा प्रवाहमा समस्या बढेको स्वास्थ्य चौकी इन्चार्ज बस्नेतको भनाई छ ।

भगवतीमाई गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष दान बहादुर खड्का गाउँपालिकालाई अनमी पठाइदिन आग्रह गरेको र गाउँपालिकाले आनाकानी गरी भोली भोली भन्दै टारेको आरोप लगाए । गाउँपालिकाले मंसिरमा खोलेको बिज्ञापनमा ५ जना अनमी नियुक्ती गरिसकेको छ ।

भगवतिमाइ गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले मेहेल्तोली स्वास्थ्य चौकीमा पठाउँनु पर्ने अनमी कट्टि स्वास्थ्य चौकीमा पठाएको बताए। गर्भवती र सुत्केरी महिला को संख्या धेरै भएको कारण कट्टीमा राख्नु परेको र मेहल्तोली स्वास्थ्य चौकीमा पठाउँन नसकीएकोले अबको केहि समयपछि मेहेल्तोलिको लागी पहल गरिने अध्यक्ष थापाको भनाई छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...