News Portal

रेशम चौधरीलाई जेलमुक्त गर्न राजपाको माग, संविधान संशोधन गर्न प्रधानमन्त्री सकारात्मक 

हिमाली संचार संवाददाता
४८७ पटक

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्री बीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् ।

छलफलमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन लगायतको विषय उठेको थियो। प्रधानमन्त्रीले राजपाले उठाएका सबै विषय ‘प्याकेज’मै समाधान गर्ने आश्वासन दिए ।

राजपा अध्यक्ष मण्डलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको थियो । राजपाको बैठक बस्नुअघि नै प्रधानमन्त्रीले छलफलका लागि राजपा नेताहरुलाई बोलाएका थिए ।

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाको मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको र अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी अगाडि बढाउने बताए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...