News Portal

हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी डिभोर्सको बार्षिकोत्सव मनाउँदै

हिमाली संचार संवाददाता
८७३ पटक

काठमाडौं : केही साताअघि ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा आफ्ना पूर्वपतिसँग सँगै खाना खाएको विषयले चर्चामा आइन् । सम्बन्ध जोड्ने बेलामा जुन सहजताका साथ लिइन्छ, त्यो सम्बन्ध टुटेपछिको सम्बन्धलाई रुचाइदैन ।

अब यस्ता तरिका सिको गर्ने पनि देखिने थालेका छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले भने डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् ।

डिभोर्सअघिसम्म त्यति चर्चामा नरहेकी उनी त्यसपछि अन्तर्वार्ता र गीत गाएर चर्चामा आइन् । अब उनले डिभोर्स भएको १ वर्ष पूरा भएको अवसरमा उनले बुधबार नयाँ बानेश्वरमा रहेको आफ्नो बुटिकमा चियापानको आयोजना गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘भोलि ११ गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मीय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु !

गत वर्ष सम्बन्ध विच्छेद गरेका मनोज गजुरेल र मीना ढकालका १ छोरा र १ छोरी छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...