News Portal

मुस्लिम समुदायहरुले र्‍याली निकालेर शुरु गरे दाइजो विरुद्धको अभियान

हिमाली संचार संवाददाता
८१२ पटक

रबिन्द्र बराल,मोरङ।
पुष १० मंगलबार : “छोरीलाई दाइजो होइन पैत्रिक सम्पतीको अंश दिउ” भन्ने नाराका साथ मोरङका मुस्लिम समदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको सुनवर्षि नगरपालिकाका मुस्लिम समुदायहरुले डाईनिया वजारमा र्‍याली निकालेर दहेज विरुद्धको अभियान शुरु गरेका हुन । र्‍यालीपछि आयोजित कोणसभामा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधीहरुले दहेज(दाइजो) लिनु र दिनु पापहो भन्दै अव देखी छोराछोरीको विवाहमा दहेज नलिने र दहेजपनि नदिने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा वोल्दै सुनबर्सि गाउपालिका उपमेयर वडा अध्यक्ष, महिला, विभिन्न संधसंस्थाका प्रतिनिधिहरुले दहेज प्रथाको अन्त्यका लागी अभियान शुरु गरेको भन्दै अभियानलाई घरघर सम्म पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । मुस्लिम अगुवा मो• अखतर खानको अध्यक्षतामा बाल विवाह तथा दाईजो मुक्त अभियान गरिएकाे थियोे । उमेर नपुगी छोरा छोरीको विवाह गर्ने र दहेज दिने र दहेज लिनेलाई समाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो । इस्लामि सघ मोरङको आयोजनामा निस्केको र्‍यालीले डाईनियाँ बजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानिय निकायमा याे कार्यक्रम शुरु भएको जानकारी समेत गराएका थिए ।

उनीहरुले र्‍यालीमा अाफ्नाे छोराछोरीको विवाहगर्दा दाइजोको लेनदेन नगरी दाइजो विरुद्धको अभियानमा सहभागी बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गर्दै नातेदारहरुलाई दाइजोको लेनदेन बिना नै विवाह गर्न दबाब दिऔं, जुमाको खुत्बाहरुमा दाइजोको वास्तविकता र यसका विध्वंशकारी असरहरुबारे चर्चा गरौं, फजुलखर्ची गैर इस्लामी कार्य हो भन्ने कुरालाई उजागर गर्दै यसको दुष्परिणामबारे जनचेतना फैलाऔं, इस्लामले पैतृक सम्पत्तिबारे दिएको कानुनलाई प्रचार गर्दै उक्त कानुन अनुसार माहिलाले पाउनुपर्ने हक उसलाई दिलाउन जनदबाब सृजना गरौं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तित्वहरुलाइ ऐक्यबद्ध गरी दाइजो विरुद्ध एकजुट गरौं, निकाहको सभा मस्जिदमा आयोजना गर्न गराउन अभियान चलाऔं, विवाह सम्बन्धीत इस्लामी तरिका विशेष गरी नबी (स.) को आदेश र सहाबाको जीवन शैलीलाई आम मानिसहरु सामु प्रचारप्रसार गरौं, चिनजानका साथीभाईहरु र आफन्तहरुमा अग्रसर भई बिना दाइजो विवाह गर्न र गराउन मध्यस्थकर्ता र व्यवस्थापिकीय भुमिका निर्वाह गरौं भन्ने प्रचार समेत बितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...