News Portal

कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ ३ हजार शुल्क

हिमाली संचार संवाददाता
८९६ पटक

तिलाचन पाण्डे  
गुल्मी : गुल्मीको एक स्थानीय तहको स्कुलमा प्रमाणपत्रको प्रतिलिपी निकाल्दा ३ हजार दस्तुर लाग्ने गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा २ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको सोही विद्यालयकी छात्रा ईश्मा गाउँपालिका वडा ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो गरे।

नेपालीकाअनुसार पहिले प्रमाणपत्र लिदाँ ३ हजार दिएर लिएको तर बिबिध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुन ३ हजार तिर्नुपरेको बताए। उनले १ वर्ष पहिले छोरीको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बताए। प्रमाणपत्र हराएकै कारण एक वर्ष खेर गएको र कक्षा ९ को रजिस्टेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख ब्यक्त गरे ।

‘पहिले ३ हजार तिरेर प्रमाणपत्र निकालियो अहिले फेरी प्रतिलिपि निकाल्दा पनि ३ हजार दोहोरो मर्कामा परियो’ नेपालीले भने। खस्थोक माध्यमिक विद्यालयका प्रधानाध्यापक  कृष्ण सुर्यबंशीले भने विद्यालय ब्यवस्थापन समितिले गरेको निर्णयका आधारमा लिइएको बताए । विद्यार्थी र अभिभावकको लापरबाहीका कारण यस्तो समस्या आएको उनले दावी गरे।

ब्यबस्थापन समितिको निर्णय अनुसार कक्षा ५ सम्मको प्रमाणपत्र निकाल्दा दूर्य हजार र ६ देखी ८ सम्मकोलाई ३ हजार निर्णय भएको बताउदै पुर्णिमा नेपालीको प्रमाण पत्र निकाल्दा पहिले तीन हजार र प्रतिलिपि लिदाँ ३ हजार गरि ६ हजार लिएको स्विकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...