News Portal

तपाईंको राशिफल : आज २०७५ साल पुष १० गते मंगलबार, तदअनुसार डिसेम्बर २५, २०१८

हिमाली संचार संवाददाता
६०९ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने स्थिति आउन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्ने हुँदा व्यवहारमा सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे लाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। काममा प्रतिस्पर्धीहरू बढ्नेछन्। योजना प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। केही कठोर निर्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सावधान रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुराना कामको चर्चा हुनेछ भने प्रयत्न गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। नियमित कामको अलमलले नयाँ क्षेत्रमा ध्यान दिन नसकिएला। तापनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही समय लागे पनि विभिन्न काम र जिम्मेवारी हात पार्ने मौका छ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। समुदायको हितमा केही विशेष काम गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। जिम्मेवारी पाइनेछ तर उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न समस्या पर्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन भने उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग जोगिएर काम लिनुपर्ला। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। वादविवादले यात्राका क्रममा समस्या निम्त्याउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीसमेत सहयोगी बन्नेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ भने चिताएको काम बन्नेछ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...