News Portal

दुनियाँमा यस्तो ठाउँ : जहाँ कालो स्याउ फलाइन्छ !

हिमाली संचार संवाददाता
७९७ पटक

एजेन्सी : तपाईंले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला । तर चीनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ । तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फल्दछ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ ।

स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती हुन्छ ।

यो स्याउ फल्ने क्षेत्रको वातावरण विशिष्ठ खालको हुन्छ । दिन र रातको समयमा तापक्रममा उच्च फरक हुन्छ । दिनको समयमा परावैजनी किरणहरु पर्याप्त मात्रामा जमिनसम्म आउँछन् ।

विशिष्ठ वातावरण तथा परावैजनी किरण नै यो स्याउको अनौठो रङको कारक तत्व रहेको बताइन्छ । यो जातको स्याउ चिनिया बजारमा निकै महंगो मूल्यमा बिक्री हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...