News Portal

  • शिलान्यास भएर निर्माण भइरहेको पुल मन्त्री विश्वकर्माद्वारा पुनः शिलान्यास

    हिमाली संचार संवाददाता
    ५५७ पटक

    रोहितराज पराजुली
    पोखरा : कास्कीमा एउटै पुल एक महिनामा दुईपटक शिलान्यास भएको छ । स्थानीयले शिलान्यास गरेर निर्माण सुरु भइसकेको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी खोलाको पुल ३५ दिनपछि शनिबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुनः शिलान्यास गरेको नयाँपत्रीकाले समाचार लेखेको छ।

    सडक डिभिजन कार्यालय पोखराले सीधै ठेक्का दिएको पुलको २ मंसिरमा स्थानीयको अग्रसरतामा शिलान्यास भएपछि सोही दिनदेखि निर्माण कार्य सुरु भएकाे थियो । तर, शनिबार मन्त्री विश्वकर्माले काठमाडौंबाटै आएर सोही पुलको पुनः शिलान्यास गरे । स्थानीयले एउटै पुलको दुईपटक शिलान्यास गलत भएको भन्दै विरोधसमेत जनाएका थिए ।

    यो पनि पढ्नुहोस।

    खेलकुदमन्त्रीलाई स्वागत गर्न घण्टौसम्म पोखरा रंगशालामै विद्यार्थीलाई खाली खुट्टामा उभ्याईयो 

    मन्त्री विश्वकर्माले भने औपचारिकता दिन आफू कार्यक्रममा सहभागी भएको बताए । उनले गुणस्तरीय काम गर्दै समयमै निर्माण सक्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए । ल्वाङ र कुइवाङ गाउँ जोड्ने पुल मन्त्रीबाट शिलान्यास गराउन गाउँपालिकाले समन्वय गरेको थियो ।

    पुल निर्माणका लागि ५ करोड ४ लाखमा टेन्डरमार्फत मृतसञ्जीवनी निर्माण सेवाले जिम्मा लिएको छ । सडक डिभिजन पोखराका ईन्जिनियर उज्जल शर्माका अनुसार २५ मिटर लामो र ११ मिटर चौडा हुनेछ । १८ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।

    असारमा टेण्डर पारे पनि खोलामा पानीको बहाव धेरै भएकाले निमार्ण कम्पनीले काम सुरु गर्न सकेको थिएन । दशैतिहारपछि निमार्ण सुरु गर्ने ठेकेदार कम्पनीले योजना बनाएको थियो । तर स्थानीयले साइत हेर्दा २ मंसिर उपयुक्त हुने जनाएपछि सोही दिन शिलान्यास गरिएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गङगाजमुना ५ फूलखर्क ठोट्ने पानीमा शन्तानेश्वर महादेब मन्दिरको उदघाटन सप्पन्

    गङगाजमुना -कात्तिक २०८२ कात्तिक ९ गते आइतबार पंन्चमी तिथीको दिन ठोट्नेपानीमा निर्मित श्री पशुपतिनाथ शन्तानेश्वर माहादेब...

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...