News Portal

शिलान्यास भएर निर्माण भइरहेको पुल मन्त्री विश्वकर्माद्वारा पुनः शिलान्यास

हिमाली संचार संवाददाता
६३७ पटक

रोहितराज पराजुली
पोखरा : कास्कीमा एउटै पुल एक महिनामा दुईपटक शिलान्यास भएको छ । स्थानीयले शिलान्यास गरेर निर्माण सुरु भइसकेको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी खोलाको पुल ३५ दिनपछि शनिबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुनः शिलान्यास गरेको नयाँपत्रीकाले समाचार लेखेको छ।

सडक डिभिजन कार्यालय पोखराले सीधै ठेक्का दिएको पुलको २ मंसिरमा स्थानीयको अग्रसरतामा शिलान्यास भएपछि सोही दिनदेखि निर्माण कार्य सुरु भएकाे थियो । तर, शनिबार मन्त्री विश्वकर्माले काठमाडौंबाटै आएर सोही पुलको पुनः शिलान्यास गरे । स्थानीयले एउटै पुलको दुईपटक शिलान्यास गलत भएको भन्दै विरोधसमेत जनाएका थिए ।

यो पनि पढ्नुहोस।

खेलकुदमन्त्रीलाई स्वागत गर्न घण्टौसम्म पोखरा रंगशालामै विद्यार्थीलाई खाली खुट्टामा उभ्याईयो 

मन्त्री विश्वकर्माले भने औपचारिकता दिन आफू कार्यक्रममा सहभागी भएको बताए । उनले गुणस्तरीय काम गर्दै समयमै निर्माण सक्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए । ल्वाङ र कुइवाङ गाउँ जोड्ने पुल मन्त्रीबाट शिलान्यास गराउन गाउँपालिकाले समन्वय गरेको थियो ।

पुल निर्माणका लागि ५ करोड ४ लाखमा टेन्डरमार्फत मृतसञ्जीवनी निर्माण सेवाले जिम्मा लिएको छ । सडक डिभिजन पोखराका ईन्जिनियर उज्जल शर्माका अनुसार २५ मिटर लामो र ११ मिटर चौडा हुनेछ । १८ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।

असारमा टेण्डर पारे पनि खोलामा पानीको बहाव धेरै भएकाले निमार्ण कम्पनीले काम सुरु गर्न सकेको थिएन । दशैतिहारपछि निमार्ण सुरु गर्ने ठेकेदार कम्पनीले योजना बनाएको थियो । तर स्थानीयले साइत हेर्दा २ मंसिर उपयुक्त हुने जनाएपछि सोही दिन शिलान्यास गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...