News Portal

बर्दियामा ठकुरी सहयोग संजालको शाखा गठन

हिमाली संचार संवाददाता
४७८ पटक

बर्दिया : समाजमा जातिय सदभाव कयम गर्दै ठकुरीहरूलाई एकीकृत गर्ने र परेको बेला जातियता भन्दा माथी उठेर परोपकारी कार्य गर्ने ठकुरीहरूको एक मात्र विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले बर्दियामा पनि आफ्नो शाखा बिस्तार गरेको छ ।

शनिबार बर्दियाको बढैयाताल गाउँपालिका इकाई कमिटी गठन गरिएको हो । स्थानिय खेमकुमार मल्लको अध्यक्षतामा संजालको तदर्थ कमिटी गठन भएको  हो । कार्यक्रममा सञ्जालका प्रदेश नम्बर ५ का संयोजक संयोगजंग शाह, प्रदेश नम्बर ६ का संयोजक देब शाही, ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष करुणा शाह लगायत ठकुरी सहयोग संजालका अन्य पदाधिकारी हरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ८० बर्षिय जय बहादुर मल्ललाई सम्मान पनि गरिएको छ । श्यामु सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कारर्यक्रममा सहभागीहरूले  ठकुरी भाषा र संस्कृतिको पहिचानमा जोड दिदैं आपसमा भाईचारा सम्बन्ध कायम हुनुपर्ने बताएका थिए ।

स्थापनाकै दिन ठकुरी सहयोग संजाल बढैयाताल बर्दियाले परोपकारी कार्यको सुरूवात समेत गरेको छ । संजाल बाके साखा सग मिलेर बढैयाताल संजालले भारतमा मजदुरीका क्रममा खुट्टा भाँच्चिएका ४१ बर्षिय टेकबहादुर परियारलाई १० हजार रूपैया आर्थिक सहयोग गरेको छ ।

बर्दिया सगै ठकुरी सहयोग संजाल देशका दुई दर्जन बढी जिल्लाहरू बिदेशमा समेत बिस्तार भैसकेको प्रदेश ५ का संयोजक संयोगजंग शाहले बताए।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...