News Portal

मकाउमा येलेदोङ ५०७८ उधौलीसाकेला (भिडियो सहित)

हिमाली संचार संवाददाता
१६५१ पटक

सन्जिब कोयी
मकाउ : गत शुक्रवार डिसेम्बर २१तारिख किरात राई यायोक्खा मकाउको आयोजनामा पोर्ताससाकेला पार्क मकाउमा किरातीहरुको महान चाड साकेला उधौलीकिरात येलेदोङतिथि भन्दा एक दिन अगाडी नै भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाका सचिव अविन राज राईले प्रविधिकपक्षको सम्पुर्ण तयारी गर्नु भएको थियो भने सम्झना कैद गरिदिन हुनकिराया मकाउको विशेष अाग्रहमा प्रकाश बुढाथोकीमगर दिनभरब्यास्त हुनुहुन्थ्यो ।

किरात राई यायोक्खा मकाउको आयोजनामासम्पन्न उक्त कार्यक्रममा संस्थाको अध्यक्ष भिमकुमार राई “किराती”सभापतित्वमा कार्यक्रमले औपचारिक रुप लिएको थियो। किरातसमुदायको महत्त्वपूर्ण, विशिष्ट मानुभावहरु किराती तथा गैरकिरातीनेपालीहरुको उत्साहजनक गर्विलो सहभागिता रहेको कार्यक्रममा उपाध्यक्ष रत्न मणी राईले स्वागत मन्तब्य तथा शुभकामना दिनुभएको थियो।

उपस्थित महानुभावहरुलाई उत्साहजनकफराकिलो, मार्मिक साथै मुन्धुमी सम्बोधनका साथमा संस्थाका सदस्यकृष्ण सेप्पा याम्फु राईले कार्यक्रम संचालन गर्नु भएको थियो।

किराया मकाउको प्रायोजनमा तयार गरिएका साकेल-गीतसिङ्खेउली सेउली गाडेर ”शीरको फेटा…” उक्त गीतका लेखकगीतकार तथा किराया मकाउका महासचिव मंगल राई “साईला” लाईसम्मान स्वरुप किराती परम्परानुसार किराया मकाउका अध्याक्षभिमकुमार राई “किरात” ज्युले शीरमा फेटा गुथाउदै महासचिवराईलाई किराती मौलिक शब्दहरु केलाउदै किरात समुदायकोऐतिहासिक लोपोन्मुख शब्द छिन्काउदै, मिठो अन्तराहरु गासी दिनुहुने गीतकार मंगल राई ‘साईला’ ठुलो सम्मान शीर उभ्याउनीधन्याबाद र बधाई समेत दिनु भएको थियो।

अध्यक्ष राईले उक्तसाकेल गीत विश्वमा रहनु हुने किरात समुदायको निम्ति मकाउबासीकिराती समुदायद्वारा उपहार स्वरुप युटुप मार्फत सार्वजनिक समेत गर्नु भयो।

उक्त कार्यक्रममा सम्मानित महासचिव मंगल राई आफ्नोछोटो मन्तब्य राख्नु हुदै थप उत्साह र ज़िम्मेदार बोध भएकोप्रतिक्रिया दिनु हुदै मकाउमा रहनु हुने सुन्दर मनका धनी किरातसमुदाय दाजुभाई, दिदिबहिनीहरुमा विशेष आभार प्रकट गर्दैसाकेलगीत तयारी गर्ने क्रममा खुल्लामनले सहयोग गर्नु हुनेमहत्वपुर्ण ब्याक्तित्व प्रति विशेष धन्याबाद, बधाई साथै शुभकामनासमेत ब्याक्त गर्नु भएको थियो।

उपस्थित अथितिहरुलाई स्वागतमन्तब्य क्रममा किराया अध्यक्ष राईले उपस्थित तथा गैरकिरातनेपालीहरुको उत्साहजनक सहभागिता माँझ येलेदोङ ५०७८ कोअबसरमा उधौली साकेलाको अबसरमा बिशेष भूमीपुजादिपप्रज्ज्वलन गर्दै शुभकामना मन्तब्य सकिने बित्तिकै कार्यक्रममाकिरात मुन्धुम अनुसार भेषभुषामा सजिएर ढोल झ्याम्टाका साथसहभागिता जनाएका सम्पुर्ण उपस्थित किरात तथा गैरकिरातनेपालीहरु माँझ अध्यक्ष राईले शीली नाचको समेत उद्धाटन गर्नुभएको थियो।

आफ्नो मौलिक नृत्य साकेला शीली बडो तामझामकासाथ नाच्दा माहोल मनोरंजनमय बनेको थियो भने बिदेशीहरुले समेतरोचक तरीकाले शीली हेर्न झुमेका थिए।

किरातीहरुले बिशेषत बर्षमा दुई पटक उभौली र उधौली चाडमनाउँदै आएका छन् जुन उभौली चाड बैशाखे पुर्निमामा पर्छ भनेउधौली चाड मंसिरे पुर्णिमा देखि सुरु हुने गर्दछ । परापुर्व कालमा जबकुनै पात्रोको विकास भएको थिएन, त्यो बेला रुख-पात र जीव-जन्तुहरुको चालचलन हेरेरै ऋतु परिवर्तनको आंकलन गरिन्थ्यो ।

तराईमा गर्मी बढ्दै जाने र हिमाली भेग/लेकमा हिउँपग्लिएर रमाईलोफाँटहरु खुल्ने समयमा चरा तथा माछाहरु उँभो लेक तिर जाने हुँदातत्कालिक समयमा उभौली उत्सवको रुपमा साकेला धिरीनाममनाउन थालिएको किरात समुदायमा विशेष कथन छ। कर्याङ्कुरुङ्चराहरु गर्मी छल्न र हिमालय तिर खर्कहरुमा करिव ६ महिनाबिताउन उत्तरी दिशातर्फ उँभो जाँदै गरेको अवस्थामा आकाशमाचराहरु अझै पनी देखा पर्ने गर्दछन् ।

त्यसै गरी मंसिरमा लेकमा चीसोबढेर हिउ पर्न थाल्ने साथ साथै मधेसमा पनि शितल हुने हुँदा चरा-चुरुङ्गी तथा माछाहरु उत्तरदिशाबाट दक्षिण तर्फ उँधो जाने झर्नेगर्दछन्, जसलाई किरातीहरु साकेला छिरिनाम अर्थात साकेलाउधौलीको रुपमा मनाउँदै आएका छन।

अहिले पनि कर्याङ्कुरुङ्चराहरुको बथान समुह दक्षिणबाट उत्तरी दिशातर्फ जाँदै गरेकोदेखिएमा खेतीको मौसम सुरु भएको मानी काँक्रा-फर्सी रोप्ने चलनरही आएको छ। यही संस्कार,संस्कृतीलाई जीवन्त राख्न रमाईलारौनक आफ्नो संस्कार,संस्कृति रितीरिवाज किरातीहरुले उभौली रउधौली साकेला चाडको माध्यमबाट बडो तामझामको साथमामनाउँदै आई रहेका छन्।

वैशाख शुक्ल पुर्णिमाको दिन देखि सुरु हुनेकिराती समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्यचाडको रुपमा उभौली तथा उधौली चाड धुमधाम संग मनाउँनेगर्दछन।

बिशेषत प्रकृति संग नजिक हरेक बिषय बस्तु संग जोडिएकाहुनाले उभौलीमा वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस,राम्रोदाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै प्रकृति, पितृ र भूमीकोपूजा गरिन्छ। साकेला चाडमा किरातीहरु आफ्नो जातीय पहिरनमासजिएर गोलाकार घेरामा रहेर नाचिने मुन्धुमी नाच हेर्दा पनी रमाइलोसाकेला शीलीमा अहिले सबै जातीका युवायुवतीको सहभागिताबढ्दो छ ।

बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमानाचिने साकेला/ साकेन्वा कलात्मक नृत्यले आदिवासी जातिकोसामूहिक भावना प्रदर्शन गरेको पाइन्छ। हात-खुट्टाको चालहाउभाउद्वारा पङ्क्तिबद्ध भएर जीव-जनावरको कृयाकलापनक्कलको अनुसरण गरी ढोल-झ्याम्टाको तालमा नाचिने सामूहिकनृत्य नै साकेला / साकेन्वा शीली हो।किरात राईहरूले शीली नाच्दाप्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको,अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता विभिन्नकार्यशैली शीली नाचद्वारा प्रदर्शन गरिन्छ।

चिम्सो आखा,थ्याप्चे नाक टन्न ईतिहास र सभ्यताको भारी बोकेरनिरन्तर आफ्नै गतिमा यात्रा गरी रहदा कतै अपहेलित भए त कतैलुटिए तीनै बाकी रहेका अमुल्य दर्शन! साथै तीन चुला वरीपरीकोसंस्कार, चिण्डोभरीको रितीरिवाज, ढोल-झ्याम्टा र विनायो-मर्चुङ्गाभित्रका संस्कृति किराया मकाउको सक्रियतामा यस्तो भेटधाट साह्रैअर्थपुर्ण रह्यो संसारभरी छरिएर बस्नु हुने किरात समुदायको निम्तिउपहार स्वरुप सार्वजनिक गीतले झनै मन छोयो।

विभितता भित्रएकता समृद्धि राष्ट्र,बिकास निर्माण साथै सुन्दर शान्त समाजकापरिकल्पना साथै व्यवस्थित बिकास निर्माण गर्दै बिकास निर्माणकोक्रममा कुनै पनी खालको धार्मिक, सास्कृतिक र ऐतिहासिकसम्पदाहरु भत्किनु हुदैन।

हाम्रो संस्कृति रहे संस्कार रहन्छ, संस्काररहे सभ्यता रहन्छ तसर्थ सभ्य समाजले मात्र एक समृद्ध राष्ट्र निर्माणगर्न मद्दत पुग्छ त्यसैले हरेक जात जाति र धर्म संस्कारको सम्मान र सद्भाव गरौ।

भिडियो हेर्नुहोस।

https://m.youtube.com/watch?feature=share&v=Fx-JkQn0ZPI

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...