News Portal

नक्कली कम्युनिष्ट सत्तामा पुगे : नेता पुन

हिमाली संचार संवाददाता
४२७ पटक

विनोद सिंह विष्ट
बैतडी : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नक्कली कम्युनिष्ट सत्तामा पुगेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिती बैतडीले सदरमुकाम गोठलापानिमा शनिवार गरेको जनसभा तथा सांस्कृतीक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले अहिलेका कम्युनिष्ट पुजिँवादको पछाडी लागेको आरोप लगाए ।

जनताको सेवा र सुविधा भन्दा पनि ब्यक्तिगत स्वार्थको लागी सत्तामा पुगेका कम्युनिष्टहरु जनताको हितमा कहिल्यै नलाग्ने दावी समेत पुनले गरे । निर्वाचनको बेला विकास र समृद्धीका कुरा गर्ने कम्युनिष्टहरुले अहिले दुई तिहाईको सरकार हुदा समेत जनताको हकहितको लागी केहि पनि गर्न नसकेको उनको भनाई थियो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डिडी पाण्डेले कम्युनिष्ट आफ्नो विचारबाट ग्रसीत भएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी बैतडी जिल्ला ईन्चार्ज बासुदेव जोशीको अध्यक्षतामा भएको जनसभा तथा सांस्कृतीक कार्यक्रममा सामना सांस्कृतीक परिवारको प्रस्तुती रहेको थियो ।

नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाका नेता, कार्यक्रता तथा सर्वसाधारणको उपस्थीती रहेको कार्यक्रममा विभीन्न सास्कृतीक प्रस्तुतीहरु राखीएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी २ दर्जन बढीले विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...