News Portal

अलैचीले बजार भाउ नपाउँदा लमजुङका कृषक चिन्तित

हिमाली संचार संवाददाता
७१३ पटक

लमजुङ : लमजुङका अलैँची उत्पादक किसान अलैचीले बजार भाउ नपाउदा चिन्तित बनेका छन् । अलैँचीको मूल्यमा आएको गिरावाट लगायतको विषयमा बुझ्न किसान र व्यवसायी सहितको एक टोली पूर्वी जिल्लाको झापा, ईलाम, पाँचथर, ताप्लेजुङ हुँदै भारतको दार्जिलिङसम्म पुगे । सो अध्ययन अवलोकन भ्रमणका क्रममा नेपालका अलैँची उत्पादक किसानहरुले अलैँचीको मूल्य घटेकोप्रति साझा चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय उत्पादित अलैँचीको मूल्यमा गिरावाट आउँदा देशभरका अलैँची उत्पादक किसानहरु चिन्तित बनेका छन् । विगतका वर्षका तुलनामा पछिल्लो समय अलैँचीले राम्रो मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् ।

अलैचिको मुल्यमा आएको गिरावट बुझ्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई अलैँची जोन लमजुङको कार्यक्रममा टोली पूर्वी जिल्लाको साथै भारतको बजारसम्म पुगेको हो । विगतमा एक मन अलैँचीको एक लाखसम्म हात पारेका किसान पछिल्लो वर्षमा प्रति मन अलैँचीको ३० हजार पाउन पनि मुश्किल पर्ने गरेको गुनासो पोख्छन् ।

नेपालमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारत पुग्छ । भारत हुँदै अन्य तेश्रो मुलुकमा नेपालको अलैँची पुग्छ । पछिल्लो समय भारतमा पनि अलैँची उत्पादन बढेका कारण नेपालको अलैँचीले राम्रो मूल्य पाउँन सकेको छैन ।

देशमा उत्पादित अलैँची ‘ब्राण्डिङ’ गरी सोझै तेश्रो मुलुक निर्यात गर्न सक्ने गरी राज्य तवरबाट पहलकदमी हुन सके नेपालमा उत्पादित अलैँचीले अबका दिनमा पनि राम्रो मूल्य पाउन सक्ने अलैँची व्यवसायीहरु बताउनुहुन्छ ।

नेपालमा तुलनात्मक रुपमा अलैँची उत्पादनमा वृद्धि हुन नसकेको अलैँची व्यवसायीहरु बताउँछन् । गुणस्तरका साथै उत्पादन वृद्धि गर्न सके अलैँचीले बजार पाउन सक्ने र किसानहरु आतिहाल्नु पर्ने अवस्था नरहेको सरोकारवालाहरु बताउँछन् । न्युज24

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...