News Portal

अलैचीले बजार भाउ नपाउँदा लमजुङका कृषक चिन्तित

हिमाली संचार संवाददाता
७६१ पटक

लमजुङ : लमजुङका अलैँची उत्पादक किसान अलैचीले बजार भाउ नपाउदा चिन्तित बनेका छन् । अलैँचीको मूल्यमा आएको गिरावाट लगायतको विषयमा बुझ्न किसान र व्यवसायी सहितको एक टोली पूर्वी जिल्लाको झापा, ईलाम, पाँचथर, ताप्लेजुङ हुँदै भारतको दार्जिलिङसम्म पुगे । सो अध्ययन अवलोकन भ्रमणका क्रममा नेपालका अलैँची उत्पादक किसानहरुले अलैँचीको मूल्य घटेकोप्रति साझा चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय उत्पादित अलैँचीको मूल्यमा गिरावाट आउँदा देशभरका अलैँची उत्पादक किसानहरु चिन्तित बनेका छन् । विगतका वर्षका तुलनामा पछिल्लो समय अलैँचीले राम्रो मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् ।

अलैचिको मुल्यमा आएको गिरावट बुझ्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई अलैँची जोन लमजुङको कार्यक्रममा टोली पूर्वी जिल्लाको साथै भारतको बजारसम्म पुगेको हो । विगतमा एक मन अलैँचीको एक लाखसम्म हात पारेका किसान पछिल्लो वर्षमा प्रति मन अलैँचीको ३० हजार पाउन पनि मुश्किल पर्ने गरेको गुनासो पोख्छन् ।

नेपालमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारत पुग्छ । भारत हुँदै अन्य तेश्रो मुलुकमा नेपालको अलैँची पुग्छ । पछिल्लो समय भारतमा पनि अलैँची उत्पादन बढेका कारण नेपालको अलैँचीले राम्रो मूल्य पाउँन सकेको छैन ।

देशमा उत्पादित अलैँची ‘ब्राण्डिङ’ गरी सोझै तेश्रो मुलुक निर्यात गर्न सक्ने गरी राज्य तवरबाट पहलकदमी हुन सके नेपालमा उत्पादित अलैँचीले अबका दिनमा पनि राम्रो मूल्य पाउन सक्ने अलैँची व्यवसायीहरु बताउनुहुन्छ ।

नेपालमा तुलनात्मक रुपमा अलैँची उत्पादनमा वृद्धि हुन नसकेको अलैँची व्यवसायीहरु बताउँछन् । गुणस्तरका साथै उत्पादन वृद्धि गर्न सके अलैँचीले बजार पाउन सक्ने र किसानहरु आतिहाल्नु पर्ने अवस्था नरहेको सरोकारवालाहरु बताउँछन् । न्युज24

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...