News Portal

  • मुस्लिम समुदायद्वारा दाईजाे विरुद्ध अभियान चाल्दै

    हिमाली संचार संवाददाता
    ५६१ पटक

    रबिन्द्र बराल
    “छोरीलाई दाइजो होइन पैत्रिक सम्पतीको अंश दिउ” भन्ने नाराका साथ मोरङका मुसलिम समदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन ।

    दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाउपालिकाका मुसलिम समुदायहरुले कर्सिया वजारमा -यालि निकालेर दहेज विरुद्धको अभियान शुरु गरेका हुन । -यालिपछि आयोजित कोणसभामा मुसलिम समुदायका अगुवा तथा जन प्रतिनिधीहरुले दहेज लिनु र दिनु पापहो भन्दै अव देखी छोराछोरीको विवाहमा दहेज नलिने र दहेजपनि नदिने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन ।

    कार्यक्रममा वोल्दै धनपालथान गाउपालिका वर्डा न ६ का वर्डा अध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागी अभियान शुरु गरेको भन्दै अभियानलाई घरघर सम्म पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । मुसलिम अगुवा मोलान सयदले दहेज विरुद्धको अभियानलाई सफल वनाउन यसको शुरुआत परिवार र समुदायवाट हुनुपर्ने वताउनुभयो ।

    कार्यक्रममा वोल्दै धनपालथान गाउपालिकाका ४ नम्वर वडाका वडा अध्यक्ष रोशन राजवंशी , सामाजिक अगुवा अश्विनी मण्डल लगायतले उमेर नपुगी छोरा छोरीको विवाह गर्ने र दहेज दिने र दहेज लिनेलाई समाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो । इस्लामि सघ मोरङको आयोजनामा निस्केको
    -यालिले कर्सिया वजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानिय निकायमा याे कार्यक्रम शुरु भएको जानकारी समेत गराएका थिए।

    उनीहरुले र्यालिमा अाफ्नाे छोरा–छोरीको विवाहगर्दा दाइजोको लेनदेन नगरी दाइजो विरुद्धको अभियानमा सहभागी बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गर्दै नातेदारहरुलाई दाइजोको लेनदेन बिना नै विवाह गर्न दबाब दिऔं, जुमाको खुत्बाहरुमा दाइजोको वास्तविकता र यसका विध्वंशकारी असरहरुबारे चर्चा गरौं, फजुलखर्ची गैर इस्लामी कार्य हो भन्ने कुरालाई उजागर गर्दै यसको दुष्परिणामबारे जनचेतना फैलाऔं, इस्लामले पैतृक सम्पत्तिबारे दिएको कानुनलाई प्रचार गर्दै उक्त कानुन अनुसार माहिलाले पाउनुपर्ने हक उसलाई दिलाउन जनदबाब सृजना गरौं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तिवहरुलाइ ऐक्यबद्ध गरी दाइजो विरुद्ध एकजुट गरौं, निकाहको सभा मस्जिदमा आयोजना गर्न गराउन अभियान चलाऔं, विवाह सम्बन्धीत इस्लामी तरिका विशेषगरी नबी (स.) को आदेश र सहाबाको जीवन शैलीलाई आम मानिसहरु सामु प्रचार प्रसार गरौं, चिनजानका साथीभाईहरु र आफन्तहरुमा अग्रसर भई बिना दाइजो विवाह गर्न र गराउन मध्यस्थकर्ता र व्यवस्थापिकीय भुमिका निर्वाह गरौं। भन्ने प्रचार समेत बितरण गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...