News Portal

मुस्लिम समुदायद्वारा दाईजाे विरुद्ध अभियान चाल्दै

हिमाली संचार संवाददाता
५९३ पटक

रबिन्द्र बराल
“छोरीलाई दाइजो होइन पैत्रिक सम्पतीको अंश दिउ” भन्ने नाराका साथ मोरङका मुसलिम समदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन ।

दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाउपालिकाका मुसलिम समुदायहरुले कर्सिया वजारमा -यालि निकालेर दहेज विरुद्धको अभियान शुरु गरेका हुन । -यालिपछि आयोजित कोणसभामा मुसलिम समुदायका अगुवा तथा जन प्रतिनिधीहरुले दहेज लिनु र दिनु पापहो भन्दै अव देखी छोराछोरीको विवाहमा दहेज नलिने र दहेजपनि नदिने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा वोल्दै धनपालथान गाउपालिका वर्डा न ६ का वर्डा अध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागी अभियान शुरु गरेको भन्दै अभियानलाई घरघर सम्म पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । मुसलिम अगुवा मोलान सयदले दहेज विरुद्धको अभियानलाई सफल वनाउन यसको शुरुआत परिवार र समुदायवाट हुनुपर्ने वताउनुभयो ।

कार्यक्रममा वोल्दै धनपालथान गाउपालिकाका ४ नम्वर वडाका वडा अध्यक्ष रोशन राजवंशी , सामाजिक अगुवा अश्विनी मण्डल लगायतले उमेर नपुगी छोरा छोरीको विवाह गर्ने र दहेज दिने र दहेज लिनेलाई समाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो । इस्लामि सघ मोरङको आयोजनामा निस्केको
-यालिले कर्सिया वजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानिय निकायमा याे कार्यक्रम शुरु भएको जानकारी समेत गराएका थिए।

उनीहरुले र्यालिमा अाफ्नाे छोरा–छोरीको विवाहगर्दा दाइजोको लेनदेन नगरी दाइजो विरुद्धको अभियानमा सहभागी बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गर्दै नातेदारहरुलाई दाइजोको लेनदेन बिना नै विवाह गर्न दबाब दिऔं, जुमाको खुत्बाहरुमा दाइजोको वास्तविकता र यसका विध्वंशकारी असरहरुबारे चर्चा गरौं, फजुलखर्ची गैर इस्लामी कार्य हो भन्ने कुरालाई उजागर गर्दै यसको दुष्परिणामबारे जनचेतना फैलाऔं, इस्लामले पैतृक सम्पत्तिबारे दिएको कानुनलाई प्रचार गर्दै उक्त कानुन अनुसार माहिलाले पाउनुपर्ने हक उसलाई दिलाउन जनदबाब सृजना गरौं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तिवहरुलाइ ऐक्यबद्ध गरी दाइजो विरुद्ध एकजुट गरौं, निकाहको सभा मस्जिदमा आयोजना गर्न गराउन अभियान चलाऔं, विवाह सम्बन्धीत इस्लामी तरिका विशेषगरी नबी (स.) को आदेश र सहाबाको जीवन शैलीलाई आम मानिसहरु सामु प्रचार प्रसार गरौं, चिनजानका साथीभाईहरु र आफन्तहरुमा अग्रसर भई बिना दाइजो विवाह गर्न र गराउन मध्यस्थकर्ता र व्यवस्थापिकीय भुमिका निर्वाह गरौं। भन्ने प्रचार समेत बितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...